सामसङ नेपालले ल्यायो विशेष छुटसहितको “दशैंको मूड, सबै गुड” अफर

  • Technology Khabar | १६ भाद्र २०८२, सोमबार
सामसङ नेपालले ल्यायो विशेष छुटसहितको “दशैंको मूड, सबै गुड” अफर

काठमाडौं ।

सामसङले आफ्नो विशेष अफर “दशैंको मूड, सबै गुड” सार्वजनिक गरेको छ। यस अन्तर्गत टिभी र होम अप्लायन्समा आकर्षक मूल्य पाइनेछ।

यो सीमित समयको अफर भदौ २५ देखि असोज २४ सम्म लागू हुनेछ। अफरअन्तर्गत ग्राहकले इन्स्टन्ट क्यासब्याक र उपहार पाउनेछन्, साथै नेपालका अधिकृत खुद्रा साझेदारमार्फत सजिलो अपग्रेड/एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।

कम्पनीका अनुसार सामसङका निओ क्यूएलईडी, क्यूएलईडी, एफएचडी र एचडी टिभीहरुमा ३५ प्रतिशतसम्म इन्स्ट्यान्ट क्यासब्याक पाइनेछ। छानिएका ७५” र ८५” क्यूएलईडी मोडेलमा साउन्डबार समेत दिइनेछ। टी, ए, बी, सी, डी र एफ सिरिजका योग्य टिभीमा ३ वर्षको फुल वारेन्टी र निःशुल्क प्रोफेशनल इन्स्टलेसन उपलब्ध छ।

सामसङका सिङ्गल–डोर, डबल–डोर र साइड–बाइ–साइड रेफ्रिजरेटरमा १९ प्रतिशतसम्म इन्स्ट्यान्ट क्यासब्याक पाइन्छ। छानिएका ७०० लिटर साइड–बाइ–साइड मोडेल किन्दा माइक्रोवेभ ओभनको उपहार पनि पाइन्छ।

सामसङका टप–लोड र फ्रन्ट–लोड वाशिङ मेसिनमा २४ प्रतिशतसम्म इन्स्ट्यान्ट क्यासब्याक तथा विशेष डिटरजेण्ट उपहार पनि पाइने कम्पनीले जनाएको छ। रेफ्रिजरेटर र वाशिङ मेसिनमा डीआईटीमा २० वर्षको वारेन्टी साथै सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ।

अफर र उपहारहरु

उत्पादनक्यासब्याक

(सम्म)

उपहार
टिभी३५%छानिएका ७५”/८५” क्यूएलईडी मा साउन्डबार
रेफ्रिजरेटर१९%७०० लिटर साइड–बाइ–साइड मा माइक्रोवेभ ओभन
वाशिङ मेसिन२४%सर्फ एक्सेल म्याटिक १ केजी (७ केजीभन्दा माथि टप–लोड / ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिन)

सर्फ एक्सेल म्याटिक ६ केजी (८ केजीभन्दा माथि फ्रन्ट–लोड वाशिङ मेसिन)

यसका साथै हुलास फिन्सर्व हायर पर्चेसद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स मार्फत सामसङ टिभी वा होम अप्लायन्स शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा लिन सकिन्छ। साथै अर्कोस्टोर वा नजिकको अधिकृत सामसङ स्टोर मार्फत आफ्ना पुराना समानहरू साटेर थप मूल्य फाइदा लिन सकिन्छ।

प्रकाशित: १६ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार