रिडिजाइन गरिएको र सुधारिएको क्विक सेयर सुविधा रोल आउट गर्दै गुगल

Technology Khabar १६ भाद्र २०८२, सोमबार

रिडिजाइन गरिएको र सुधारिएको क्विक सेयर सुविधा रोल आउट गर्दै गुगल

काठमाडौं ।

गुगलले केही समयदेखि आफ्नो क्विक सेयर फङ्गसन्यालिटी (कार्यक्षमता) सुधार गर्ने काम गरिरहेको छ। कम्पनीले पहिले नै एन्ड्रोइड डिभाइस र विन्डोज पीसी वा क्रोमबुक बीच क्विक (द्रुत) फाइल ट्रान्सफर (स्थानान्तरण) सक्षम गरिसकेको छ। रिपोर्टहरू अनुसार, गुगलले आईओएस र म्याकओएस डिभाइसहरूसँग फाइलहरू सेयर (साझेदारी) गर्ने क्षमतामा पनि काम गरिरहेको छ।

क्विक सेयरको पछिल्लो अपडेट अब केही प्रयोगकर्ताहरूलाई नयाँ इन्टरफेसको साथ जारी गरिएको छ जुन वान यूआई ८ चलाउने सामसङ डिभाइसहरूमा भएको जस्तै हो भनि जीएसएमएरिनाले उल्लेख गरेको छ। “सेण्ड” र “रिसिभ” मोडहरू बीचको विभाजन सबैभन्दा उल्लेखनीय परिवर्तन भएको बताइएको छ। साथै स्क्रिनको तल मोडहरू बीच स्विच गर्न एउटा बटन उपलब्ध रहेको जनाइएको छ।

एकचोटि क्विक सेयर खोलेपछि, “रिसिभ” मोड डिफल्ट (पूर्वनिर्धारित) रूपमा देखा पर्नेछ। यसले अब डिभाइसको नामलाई अझ प्रमुख रूपमा हाइलाइट गर्नेछ भने फाइलहरू पठाउने अन्य व्यक्तिहरूबाट अनुरोधहरू सजिलै देखिने र पहुँचयोग्य हुनेछन्।

“सेण्ड” ट्याबको लागि, यसले अब फाइल पिकरलाई एकीकृत गर्दछ जसले डिभाइसबाट धेरै फाइलहरू छनौट गर्न अनुमति दिनेछ र तिनीहरू एउटै फाइल प्रकारको नभए पनि फरक नपर्ने बताइएको छ। साथै फाइलहरू पठाउनु अघि प्रिभ्यू (पूर्वावलोकन) पनि उपलब्ध रहेको छ।

Sajilo Visa

प्रकाशित: १६ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

आईफोन १७ डिभाइसहरूको मूल्यको खुलासा

  • Technology Khabar
  • १९ भाद्र २०८२, बिहीबार