Technology Khabar १६ भाद्र २०८२, सोमबार
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्सले आफ्नो भ्यूफिनिटी एस८ (एस८०यूडी) लाइनअपमा नयाँ ३७–इन्च मोडेल थप गरेको छ। यो नयाँ मनिटर अवस्थित ३२–इन्च र ४३–इन्च संस्करणहरू बीचमा बस्ने छ। यो मनिटर कार्य वातावरणको लागि बनाइएको र प्रयोगकर्ताहरूलाई थप स्पेस, राम्रो पठनीयता र लङ्ग आवर्सको सुधारिएको आराम प्रदान गर्नेछ।
३७–इन्च भ्यूफिनिटी एस८ मा यूएचडी रिजोल्युसनको साथ १६ः९ आस्पेक्ट रेसियो छ। ३२–इन्च संस्करणको तुलनामा, अतिरिक्त पाँच इन्चले डिटेल्स (विवरणहरू) सार्प (तीखो) राख्दै काम गर्न थप ठाउँ दिनेछ। टेक्स्टहरु पढ्न सजिलो हुनुका साथै कागजातहरू स्पष्ट बनाउदै तनाव कम गर्ने जनाइएको छ। ठूलो डिस्प्लेले बैठकहरूमा सामग्री साझेदारी गर्न वा एउटै स्क्रिनमा टोलीका साथीहरूसँग काम गर्न पनि सहयोग गर्ने बताइएको छ।
सामसङले प्रयोगकर्ताको आरामलाई ध्यानमा राखेर मनिटर डिजाइन गरेको छ। यो एर्गोनोमिक वर्कस्पेस डिस्प्लेको रूपमा टीयूभी राइनल्याण्ड–प्रमाणित छ जसको अर्थ यसले टेक्स्ट सम्पादन र कागजात जस्ता कार्यहरूमा आँखाको थकान कम गर्न मद्दत गर्दछ। इन्टेलिजेन्ट आइ केयर सुविधा पनि टीयूभी–प्रमाणित रहेको छ र यसमा ब्लू लाइट (नीलो प्रकाश) र तनाव कम गर्न आइ सेभर मोडको साथ फ्लिकर–मुक्त प्रविधि समावेश छ।
भिडियो सम्पादन जस्ता रचनात्मक कार्यको लागि, ३७–इन्च डिस्प्लेले प्रिसिजन र स्पेस दुवै प्रदान गर्दछ। प्रयोगकर्ताहरूले सूक्ष्म विवरणहरू अझ सजिलै हेर्न सक्नेछन् र धेरै विन्डोज, फोल्डरहरू वा भिडियो स्रोतहरू छेउछाउमा खुला राख्न सक्नेछन् जसले सम्पादन र व्यवस्थापनलाई सहज बनाउने छ।
मनिटरले बिल्ट–इन केभीएम स्विच, पिक्चर–बाइ–पिक्चर (पीबीपी) र पिक्चर–इन–पिक्चर (पीआईपी) मार्फत मल्टिटास्किङलाई समर्थन गर्दछ। प्रयोगकर्ताहरूले दुई डिभाइसहरू जडान गर्न र तिनीहरूलाई एउटा किबोर्ड र माउसले नियन्त्रण गर्न, एकैचोटि छुट्टाछुट्टै इनपुटहरू प्रदर्शन गर्न वा अर्कोमा एउटा स्क्रिन ओभरले गर्न सक्नेछन्। यो यूएसबी–सी पोर्टको साथ आउँदछ जसले ९०वाट चार्जिङ, डाटा ट्रान्सफर र इथरनेट कनेक्टिभिटीको लागि बिल्ट–इन एलएएन पोर्टलाई समर्थन गर्दछ।
इजी सेटअप स्ट्यान्डको साथ सेटअप सरल रहेको बताइएको छ जुन लगभग १० सेकेन्डमा टुल्स (उपकरणहरू) बिना ठाउँमा लक हुनेछ। एर्गोनोमिक स्ट्यान्डले उचाइ समायोजन, टिल्ट र स्विभललाई अनुमति दिनेछ र यसले गर्दा प्रयोगकर्ताहरूले उत्तम कोण सेट गर्न सक्ने छन्।
सामसङले गेम्सकम २०२५ मा ३७–इन्च ओडिसी जी७ (जी७५एफ) गेमिङ मनिटरको पनि घोषणा गरेको छ। यसमा १०००आर कर्भ फोरके यूएचडी डिस्प्ले, १६५ हर्ज रिफ्रेस दर र सहज, इमर्सिभ गेमप्लेको लागि १एमएस (जीटीजी) रेसपोन्स टाइम रहेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १६ भाद्र २०८२, सोमबार