Technology Khabar १६ भाद्र २०८२, सोमबार
काठमाडौं ।
सामसङ प्लाजा, नेपालभरि प्रिमियम इलेक्ट्रोनिक्स उत्पादनहरूको लागि विश्वासिलो नाम, अब पोखरा नयाँ सडकमा आफ्नो नयाँ शोरुम खोलेको छ।
१५ भदौ २०८२, पाल्पा हाउस, नयाँ सडक, पोखरामा आयोजना गरिएको उद्घाटन कार्यक्रममा गोल्छा ग्रुपकी डाइरेक्टर सीमा गोल्छा र नागार्जुन ट्रेडिङ हाउसका प्रोप्राइटर जनपुकार मुनान्कमीले शोरुमको संयुक्तरुपमा उद्घाटन गरे।
यो नयाँ आउटलेट पहिले महेन्द्रपुलस्थित सामसङ प्लाजाबाट सरेको हो। अब यो शोरुम पोखरा, नयाँ सडकमा खुलेको छ जसले गर्दा ग्राहकहरूलाई अझ सजिलो पहुँच र उत्कृष्ट खरिद अनुभव प्रदान गर्ने बताईएको छ।
नयाँ सामसङ प्लाजामा स्मार्टफोन, टेलिभिजन, होम अप्लायन्सेसदेखि अन्य अत्याधुनिक सामसङ इलेक्ट्रोनिक्स उत्पादनहरू उपलब्ध हुनेछन्।
यस अवसरमा सामसङ प्लाजाका प्रतिनिधिले भने, “हामीलाई पोखरामा नयाँ शोरुम खोल्न पाउँदा धेरै खुशी लागेको छ। यो सहरको विकास र उत्साहलाई मध्यनजर राख्दै हामीले नयाँ सडक रोजेका हौं। यसले ग्राहकहरूलाई अझ सहज बनाउनेछ।”
ग्राहकहरूले नयाँ सामसङ प्लाजा भ्रमण गर्दा आकर्षक अफर, आधुनिक शपिङ वातावरण र प्रशिक्षित स्टाफको सहयोग पाउने कम्पनीले जनाएको छ।
प्रकाशित: १६ भाद्र २०८२, सोमबार