Technology Khabar १६ भाद्र २०८२, सोमबार
काठमाडौं ।
लेनोभोले यस वर्षको सुरुमा सीईएसमा ‘लिजन गो’ को उत्तराधिकारीको प्रोटोटाइप प्रदर्शन गरेको थियो। लिजन गो २ भनिने नयाँ ह्यान्डहेल्डले सेप्टेम्बर ५ मा सुरु हुने आगामी आईएफए बर्लिनमा आधिकारिक डेब्यू गर्ने नयाँ हल्ला रहेको छ।
टिपस्टर इभान ब्लासले आईएफए बर्लिनमा लेनोभोको घोषणाहरूको बारेमा विवरणहरू खुलासा गरेका छन्। टिपस्टरद्वारा साझा गरिएको मार्केटिङ्ग सामग्री अनुसार, दोस्रो–जेन लिजन गो एएमडी को जेन ५ र आरडीएनए ३.५ आर्किटेक्चरमा आधारित राइजेन जेड२ एक्स्ट्रिम सीपीयूले सुसज्जित हुनेछ।
एएमडी राइजेन जेड२ एक्स्ट्रिमको मुख्य शक्ति भनेको सुधारिएको ग्राफिक्स हो जुन रेडियन ८९०एम जीपीयूद्वारा संचालित छ। त्यसैले, लेनोभोको नयाँ ह्यान्डहेल्डले खेलहरूमा सुधारिएको ग्राफिक्स प्रदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ।
डिजाइनको हिसाबले, ह्यान्डहेल्ड धेरै हदसम्म मूल लिजन गो जस्तै देखिनेछ। यो १४४हर्जको रिफ्रे रेट र १६००पिक्सेल रिजोल्युसनको साथ ८.८ इन्चको ओएलईडी डिस्प्लेको साथ आउनेछ। ह्यान्डहेल्डमा नयाँ कोटिङ्ग पनि हुनेछ जुन फिङ्गरप्रिन्ट प्रतिरोधी भनिएको छ।
लेनोभोको आगामी ह्यान्डहेल्डमा फिङ्गरप्रिन्ट रिडर र सुधारिएको रियर बटन लेआउट पनि हुनेछ। यसले आफ्नो पूर्ववर्तीको जस्तै डिट्याचेबल कन्ट्रोलर्स प्रदान गर्नेछ।
सीईएसमा लेनोभोले देखाएको प्रोटोटाइपमा ७४वाट–आवर ब्याट्री गरिएको थियो जसले ६५वाट द्रुत चार्जिङलाई समर्थन गर्ने उल्लेख गरिएको छ। साथै यसले ३२जीबी र्याम र २टीबी स्टोरेज प्रदान गर्ने अपेक्षा गरिएको छ। लिजन गो २ ले सम्भवतः विन्डोज ११ होम चलाउने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १६ भाद्र २०८२, सोमबार