Technology Khabar १६ भाद्र २०८२, सोमबार
काठमाडौं ।
ओप्पोले चीनमा ए६ म्याक्स स्मार्टफोन लन्च गरेको छ। कम्पनीको नयाँ ओप्पो ए६ म्याक्स स्मार्टफोनमा नवीनतम ब्याट्री प्रविधि समावेश गरिएको छ र ७,००० एमएएच ब्याट्री रहेको छ।
केही समय अघि, ७,००० एमएएच ब्याट्रीहरू सामान्यतया ट्याब्लेट जस्ता ठूला स्क्रिन डिभाइसहरूसँग मात्र सम्बन्धित हुने गरेका थिए। यद्यपि, ब्याट्री प्रविधिमा सिलिकन–कार्बन केमेस्ट्रि«को पछिल्लो प्रवृत्तिले हाई इनर्जि डेनसिटी (उच्च ऊर्जा घनत्व) को साथ ब्याट्रीहरूलाई सक्षम बनाएको छ।
मुख्य आकर्षण मानिएको ७,००० एमएएचको ब्याट्री बाहेक, ए६ म्याक्सले १२०हर्ज रिफ्रेस रेटको साथ १,६०० निट्स पीक ब्राइटनेस सहितको ठूलो ६.८–इन्चको ओएलईडी डिस्प्ले प्रयोग गर्दछ। इन–हाउस क्रिस्टल शिल्ड ग्लासद्वारा सुरक्षित यो प्यानलले भिजेको हातको साथ पनि काम गर्दछ।
ओप्पाले ए६ म्याक्समा स्न्यापड्रागन ७ जेन ३ चिपसेटको साथमा ८जीबी र्याम र २५६जीबी स्टोरेज प्रयोग गरेको छ। डिभाइसको पछाडिको क्यामरा प्रणालीमा ५० मेगापिक्सेलको मुख्य क्यामरा र २ मेगापिक्सेलको एअक्जिलरी डेफ्थ सेन्सर समावेश गरिएको छ भने ३२ मेगापिक्सेलको सेल्फी क्यामरा पनि उपलब्ध रहेको छ।
डिभाइसमा रहेको ७,००० एमएएच ब्याट्रीले ओप्पोको सुपरभीओओसी ८०वाट फास्ट चार्जिङलाई समर्थन गर्दछ र केवल २४ मिनेटमा नै ५० प्रतिशत चार्ज हुने दाबी गरिएको छ।
ए६ म्याक्सको अर्को उल्लेखनीय विशेषता भनेको डस्ट एण्ड वाटर (धुलो र पानी) विरुद्ध आईपी६९ प्रमाणीकरण हो र यसले उच्च–तापमान वातावरणमा सञ्चालनको लागि एसजीएस प्रमाणीकरण पनि प्राप्त गरेको छ।
यो ह्यान्डसेट हाल चीनमा १,५९९ चिनियाँ युआन (२२० अमेरिकी डलर) को मूल्यमा उपलब्ध छ। ओप्पोले यो डिभाइसलाई अन्य देशहरूमा उपलब्ध गराउनेछ कि छैन भन्ने बारेमा स्पष्टता नभएको जनाइएको छ। ओप्पो ए६ म्याक्स सेतो र नीलो रङ्गहरूमा उपलब्ध हुनेछन् भने सेतो रङ्गको ह्यान्डसेटमा ग्लास ब्याक रहेको र नीलो रङ्गको ह्यान्डसेटमा ग्लास फाइबर रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १६ भाद्र २०८२, सोमबार