Technology Khabar १६ भाद्र २०८२, सोमबार
काठमाडौं ।
लेनोभोले अर्को हप्ता युरोपेली आईएफए प्रविधि मेलामा आफ्ना नयाँ डिभाइसनहरू अनावरण गर्ने तयारी गरिरहेको छ। यसै क्रममा कम्पनीको एउटा डिभाइसले विशेष गरी ध्यान आकर्षित गरिरहेको छ।
प्रख्यात टिपस्टर इभान ब्लासले कम्पनीको सबैभन्दा महत्त्वपूर्ण डिभाइसमा अवधारणात्मक रूपमा डिजाइन गरिएको ल्यापटपको तस्बिर साझा गरेका छन्। लेनोभोले “प्रोजेक्ट पिभो” भनेर डब गरेको डिभाइसमा तेर्सो (ल्यान्डस्केप) र ठाडो (पोट्र्रेट) ओरियन्टेसन बीच रोटेटिङ (घुम्ने) स्क्रिन रहेको छ।
असामान्य ल्यापटप कन्सेप्ट (अवधारणाहरू) सिर्जना गर्ने इतिहास रहेको कम्पनीले पारदर्शी स्क्रिन भएको थिङ्कबुक ल्यापटप र फोल्डेबल स्क्रिन भएको थिङ्कबुक प्लस जेन ६ मोडेल जस्ता डिभाइसहरु तयार पारेको जनाइएको छ। तर, यी अनुसन्धान र विकास परियोजनाहरू उपभोक्ता उत्पादनहरूमा परिणत हुनेछन् कि छैनन् भन्ने बारेमा स्पष्ट नभएको उल्लेख गरिएको छ।
प्रोजेक्ट पिभोको पोट्र्रेट मोड विषेश गरी वेबसाइट र एपहरूको मोबाइल संस्करणहरू प्रोग्रामिङ र ब्राउजिङको लागि विशेष रूपमा उपयोगी हुन सक्ने बताइएको छ। त्यसैले यो अवधारणा वास्तवमा किन्न सकिने डिभाइसमा परिणत हुनेछ कि छैन भनेर हेर्नको लागि पर्खनु पर्नेछ।
ब्लासका अनुसार, लेनोभोले सीईएसको समयमा घोषणा गरिएको ह्यान्डहेल्ड गेमिङ कन्सोलको दोस्रो पुस्ता ‘लिजन गो २’ पनि प्रस्तुत गर्नेछ जुन यस वर्ष रिलिज हुने अपेक्षा गरिएको छ भने मोटोरोला ट्याब्लेट र फोनहरूको दायरा पनि प्रस्तुत गर्ने टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १६ भाद्र २०८२, सोमबार