Technology Khabar १६ भाद्र २०८२, सोमबार
काठमाडौं ।
बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले इन्डोनेसियामा केही दिनका लागि लाइभ सुविधा स्थगित गरेको छ। कम्पनीका प्रवक्ताले शनिबार विज्ञप्ति जारी गर्दै यो निर्णय भएको जानकारी दिएका हुन्।
“इन्डोनेसियामा बढ्दो हिंसात्मक प्रदर्शनका कारण टिकटकलाई सुरक्षित र सभ्य स्थान बनाउन थप सुरक्षा उपायहरू अपनाइएका छन्। यसैको भागस्वरूप, हामी केही दिनका लागि इन्डोनेसियामा टिकटक लाइभ सुविधा स्वेच्छाले स्थगित गर्दैछौं,” टिकटकले जनाएको छ।
रोयटर्सका अनुसार टिकटकले समुदाय निर्देशिका उल्लङ्घन गर्ने सामग्री हटाउन निरन्तर जारी राख्ने पनि जनाएको छ। इन्डोनेसियामा टिकटकका एक सय मिलियनभन्दा बढी प्रयोगकर्ता छन्।
टिकटकले लाइभ लगायत विभिन्न सेवा अस्थायी रुपमा बन्द गरेको यो पहिलोपटक होइन। कम्पनीले विभिन्न देशमा आफ्ना गाइडलाइन र सम्बन्धित देशका नियमकानून विपरीत हुने खालका गतिविधि भएको पाइएमा बेलाबखत यस्ता कार्यहरु गर्दै आएको छ।
प्रकाशित: १६ भाद्र २०८२, सोमबार