Technology Khabar १५ भाद्र २०८२, आईतवार
काठमाडौं ।
ह्वाट्सएपमा सेल्फ–डिलिटिङ म्यासेजेज (सन्देशहरू स्वतः मेटाउन) को लागि नयाँ टाइमरहरू र अप्सन्स (विकल्पहरू) थप गरिएको छ।
एन्ड्रोइडको लागि यसले आफ्नो बिटा एप भित्र एउटा नयाँ सुविधामा काम गरिरहेको बताइएको छ जसले प्रयोगकर्ताहरूलाई सन्देशहरू स्वचालित रुपमा मेटाउनको लागि छोटो अवधि छनौट गर्न अनुमति दिनेछ।
यो अपडेटले सेल्फ–डिलिटिङ म्यासेजेजको लागि अवस्थित विकल्पहरूको विस्तारलाई प्रतिनिधित्व गर्दछ जसमा हाल २४ घण्टा, सात दिन र ९० दिनहरू समावेश छन्। त्यसैगरी नयाँ टाइमरहरूमा अब एक घण्टा र १२ घण्टा पनि समावेश हुने भएका छन्।
एक घण्टाको विकल्प विशेष रुपमा संवेदनशील जानकारी समावेश हुने सन्देशहरूको लागि लक्षित गरिएको बताइएको छ जुन लगभग तुरुन्तै मेटाउन आवश्यक पर्ने जस्तो परिस्थितिहरूको लागि भएको उल्लेख गरिएको छ। त्यसैगरी १२ घण्टाको विकल्पले दिनको केही भागको लागि महत्त्वपूर्ण सन्देशहरूको लागि आवश्यकता र गोपनीयता बीच राम्रो सन्तुलन प्रदान गर्ने रिपोर्ट गरिएको छ।
नयाँ टाइमरहरूको जानकारीको बारेमा डब्ल्यूएबीटाइन्फोले पत्ता लगाएको र बीटा परीक्षकहरू वा नियमित व्हाट्सएप प्रयोगकर्ताहरूका लागि भने अझै पनि उपलब्ध नभएको टेलिग्राफले रिपोर्ट गरेको छ।
एक घण्टाको टाइमरको समस्या भनेको सन्देश खोलिने/पढिने क्षणबाट नभएर सन्देश पठाइएको क्षणबाट काउन्टडाउन सुरु हुने उल्लेख गरिएको छ। यसको मतलब प्राप्तकर्ताले सन्देश पढ्ने मौका पाउनु अघि नै सन्देश गायब हुन पनि सक्नेछ। साथै सेण्डर्स (प्रेषकहरू) लाई यो कमीको बारेमा व्हाट्सएपले सूचित गर्नेछ। यी अवस्थाहरुमा, १२ घण्टाको विकल्प सेल्फ–डिलिटिङ म्यासेजेज (सन्देशहरू स्वतः मेटाउने) को लागि राम्रो समाधान हुन सक्ने उल्लेख गरिएको छ।
यी टाइमरहरूको थपले प्रयोगकर्ता अनुभवमा सुधार ल्याउने अपेक्षा गरिएको छ जसले उनीहरूको कुराकानीको आधारमा उनीहरूलाई सबैभन्दा उपयुक्त टाइमर छनोट गर्न अनुमति दिनेछ।
प्रकाशित: १५ भाद्र २०८२, आईतवार