Technology Khabar १५ भाद्र २०८२, आईतवार
काठमाडौं ।
धनकुटा बजार क्षेत्रका विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिएको छ । बजारलाई थप सुरक्षित र व्यवस्थित गर्न सिसी क्यामरा जडान गरिएको हो । धनकुटाको भीमसेन थान, निसान मन्दिर, परिचय मोड, कोशी ग्यास, हस्पिटल लाइन, मदन चोक, श्रीवनी र बसपार्कलगायतका स्थानमा सिसी क्यामरा जडान गरिएको छ।
अपराधजन्य घटना र चोरीका घटना नहोस् र भइहाले निगरानी गर्न सहज होस् भन्ने उद्देश्यले सिसी क्यामरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरदकुमार थापा क्षेत्रीले जानकारी दिए। सिसी क्यामराको मध्यमबाट अनुसन्धान गर्न सहयोग हुने उनले बताए।
उक्त बजार क्षेत्रमा जडान गरिएको सिसी क्यामरा जिल्ला प्रहरी कार्यालय धनकुटाको निगरानीमा रहने छ। सिसी क्यामरा जडानले चोरीका घटना कम हुने र मानिसहरुलाई सचेत गराउन सहयोग पुग्ने विश्वास गरिएको छ। पछिल्लो समय धनकुटामा चोरी डकैतीजन्य घटना बढी हुने गरेकोमा यसले थप निगरानी हुने प्रहरीको भनाइ रहेको छ।
आजको गोरखापत्रबाट
प्रकाशित: १५ भाद्र २०८२, आईतवार