Technology Khabar १५ भाद्र २०८२, आईतवार
काठमाडौं ।
शाओमीले सामान्यतया चीनमा प्रत्येक शरद ऋतुमा दुईवटा फ्ल्यागशिप डिभाइसहरू लन्च गर्दै आएको छ। त्यसपछि ती मध्ये एउटा (भेनिला) पनि फेब्रुअरीमा अल्ट्रा प्रस्तुत गर्दा विश्वव्यापी रूपमा रिलीज गरिने गरिएको छ।
यस वर्ष भने शाओमीले शरद ऋतुमा दुईवटा नभइ तीनओटा फ्ल्यागशिप डिभाइसहरू प्रस्तुत गर्ने हल्ला रहेको छ। प्रस्तुत गरिने भनिएका तीनओटा फ्ल्यागशिप डिभाइसहरूमा तेस्रो फ्ल्यागशिप ६ अल्ट्रा नभएको र यो अझै पछि आउने बताइएको छ। यस पटक कम्पनीले १६, १६ प्रो र १६ प्रो म्याक्स प्रस्तुत गर्ने जनाइएको छ। उक्त तीनओटा डिभाइसहरु मध्ये पहिलो दुई डिभाइसले सानो स्क्रिन आकार साझा गर्दैछन् भने प्रोले हाई–इण्ड स्पेक्सहरू पाउने उल्लेख गरिएको छ। उक्त तीनओटा डिभाइस अब चीनमा बिक्रीको लागि प्रमाणित गरिएको छ र यो प्रक्रियाले तिनीहरूको चार्जिङ स्पेक्सको खुलासा गरेको छ।
सबै तीन ह्यान्डसेटहरूले १०० वाट वायर्ड चार्जिङलाई समर्थन गर्नेछन् जुन गत वर्षको शाओमी १५ र शाओमी १५ प्रोको ९० वाट भन्दा बढी हो। यी तीनओटै फोनहरू सेप्टेम्बरको अन्त्यमा अनावरण हुँदै गरेको क्वालकमको आगामी स्न्यापड्रागन ८ एलिट २ चिपसेटद्वारा संचालित हुने अफवाहहरू रहेका छन्।
शाओमी यो चिपद्वारा संचालित नयाँ डिभाइसहरू घोषणा गर्ने पहिलो ब्राण्ड बन्ने विश्वास गरिएको छ भने यो क्वालकमको कार्यक्रमको केही दिन पछि सेप्टेम्बरको धेरै अन्त्यमा हुन सक्ने उल्लेख गरिएको छ। विश्वव्यापी लन्च भने सम्भवतः अर्को वर्ष हुने बताइएको छ र यी तीओटा ह्यान्डसेटहरू मध्ये कति आधिकारिक रूपमा चीन बाहिर आउनेछ भन्ने कुरा स्पष्ट नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १५ भाद्र २०८२, आईतवार