Technology Khabar १४ भाद्र २०८२, शनिबार
काठमाडौं ।
शाओमीले आधिकारिक रूपमा आफ्ना फोनहरूको लागि एन्ड्रोइड १६ मा आधारित हाइपरओएस ३.० को घोषणा गरेको छ। साथै कम्पनीले बिटा परीक्षणको लागि योग्य डिभाइसहरूको सूची पनि प्रदान गरेको छ। यो घोषणा चिनियाँ बजारको लागि भएको हुनाले केही सुविधाहरू फरक हुनुका साथै रिलीज मितिहरू पनि फरक हुन सक्नेछन्।
नयाँ हाइपरओएस ३.० ले नयाँ आइकनहरू, नयाँ स्टेटस बार र सुपर आइल्याण्डको थपको साथ थोरै भिजुअल रिभ्याम्प (दृश्यात्मक सुधार) ल्याएको छ। त्यसैगरी, ३.० ले एआई क्षमता सुधारहरू र बृद्धि गरिएको प्रदर्शनको लागि अण्डर–द–हुड ट्वीकहरू पनि प्रदान गर्दछ।
सुपर आइल्याण्ड सुविधा आईओएसमा रहेको डाइनामिक आइल्याण्ड जस्तै भएको बताइएको छ। यसले रियल–टाइम एप गतिविधिहरू, अपोइन्टमेन्टहरू, बुकिङहरू, मिडिया प्लेब्याक नियन्त्रणहरू र थप कुराहरूको बारेमा प्रासंगिक जानकारी प्रदान गर्नेछ। फरक भनेको हाइपरओएसमा रहेको सुपर आइल्याण्ड नोटिफिकेसन (सूचना) प्यानलमा सक्रिय रहने बताइएको छ।
नयाँ ओएसले अझ सरल र समान आईओएस स्टाइलिङका साथ नयाँ आइकनहरू पनि प्राप्त गरेको छ। शाओमीले एडजस्टेबल होम ग्रिड र रिभ्याम्प स्टेटस बार पनि प्रदान गरिरहेको जनाइएको छ।
शाओमीले नयाँ, पुनः डिजाइन गरिएको डायलर एप प्रदर्शन गरेको तर यसले चिनियाँ बजारलाई मात्र संकेत गर्न सक्ने जनाइएको छ। आरओएमको चिनियाँ संस्करणले नेटिभ फोन एप प्रयोग गर्दछ भने ग्लोबल र युरोपेली आरओएमहरूले गुगलको फोन एप प्रयोग गर्दछ।
ओप्पो र वानप्लस जस्तै, शाओमीले आईफोन, आईप्याड र म्याक्ससँग जडान गर्न र निर्बाध रूपमा डाटा स्थानान्तरण गर्ने तरिका प्रदान गरिरहेको उल्लेख गरिएको छ।
शाओमीले हाइपरओएस ३.० बिटा कार्यक्रमको लागि योग्य डिभाइसहरूको सूची, रिलीज मितिहरू सहित साझा गरेको छ। स्थिर हाइपरओएस ३.० संस्करण यस वर्षको चौथो त्रैमासिकमा कुनै समय आउने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
अगस्ट २९ः
सेप्टेम्बर १७ः
सेप्टेम्बर ३०ः
प्रकाशित: १४ भाद्र २०८२, शनिबार