महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ललितपुर महानगरपालिकाले ल्यायो ‘डिजिटल हाटबजार एप’

Technology Khabar १३ भाद्र २०८२, शुक्रबार

महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ललितपुर महानगरपालिकाले ल्यायो ‘डिजिटल हाटबजार एप’

काठमाडौं ।

ललितपुर महानगरपालिकाले स्थानीय महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि एलएमसी डिजिटल हाटबजार एप सार्वजनिक गरेको छ।

महानगरभित्रका महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण गर्नुका साथै कम लागतमा उद्यमीलाई उपभोक्तासम्म पुर्याउन महानगरको महिला, बालबालिका शाखाले आज एलएमसी डिजिटल हाटबजार एप सार्वजनिक गरेको हो।

एप सार्वजनिक कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले वर्तमान सूचना प्रविधिको युगमा वस्तु तथा सेवाको बिक्रीवितरण र प्रचारप्रसारका लागि डिजिटल एपको व्यवस्था गरिएको बताउँदै यसबाट यहाँका सात सय ५० भन्दा बढी महिला समूहलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।

“सम्पूर्ण महिला उद्यमीले यो एपलाई अधिकतम उपयोगमा ल्याउनुहोस्, देशका सात सय ५३ वटा स्थानीय सरकार, सातवटै प्रदेश सरकारहरूमध्ये ललितपुरले उत्कृष्ट काम गरिरहेको छ, हामीले गरेका कतिपय काम अन्य स्थानीय तहले सिक्न उपयोगी हुने विश्वास लिएका छौँ”, उनले भने।

महानगर प्रमुख महर्जनले ललितपुरद्वारा सञ्चालित एलएमसी अलर्टले २२ ओटा कामका लागि सहजीकरण गरिरहेको जनाउँदै एपमार्फत काममा सहजीकरण हुँदा जनप्रतिनिधिलाई मध्यरातमा फोन गर्नुपर्ने समस्या अन्त्य भएको धारणा राखे। “एकद्वार सेवा प्रणाली लागू हुनुका साथै एपमार्फत सेवा प्रवाह हुँदा सेवाग्राहीले महानगरका कोठाकोठा धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ”, उनले भने।

महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिला उद्यमीहरूको समस्या समाधान गर्ने, उत्पादनलाई उपभोक्तासम्म पुर्याउने उद्देश्यले यो प्रयास थालिएको बताए। उनले उद्यमीहरूद्वारा सानो परिमाणमा उत्पादित वस्तु तथा सेवालाई सहज रूपमा बजारीकरण गर्न र उद्यमीले उचित प्रतिफल प्राप्त गर्ने अवसर प्राप्त गर्न यो माध्यम प्रभावकारी हुने विश्वास व्यक्त गरिन्।

महिला बालबालिका शाखा प्रमुख शोभा खरेलले महिलाद्वारा उत्पादित वस्तु तथा सेवाहरूको डिजिटल एपमार्फत बिक्रीवितरण गर्न सकिने भन्दै क्रेताले बिक्रेतासँग सम्पर्क गरेर सामानको खरिद गर्नसक्ने जानकारी गराइन। उनले यो वर्ष महानगरले १० जना महिला उद्यमीका सामान अन्तरराष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्य राखेको उल्लेख गरिन्। रासस

Sajilo Visa

प्रकाशित: १३ भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

आईफोन १७ डिभाइसहरूको मूल्यको खुलासा

  • Technology Khabar
  • १९ भाद्र २०८२, बिहीबार