डिजिटल विस्तारमा इथियोपियाः तीन वर्षमा एक अर्ब ग्राहक पुर्याउने लक्ष्य

Technology Khabar १३ भाद्र २०८२, शुक्रबार

काठमाडौं ।

इथियोपियाको राज्य सञ्चालित दूरसञ्चार कम्पनी ‘एथियो टेलिकम’ ले आगामी तीन वर्षभित्र आफ्नो ग्राहक सङ्ख्या एक अर्बसम्म पुर्याउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।

कम्पनीले मंगलबार ‘अर्को लक्ष्यः डिजिटल र त्यसपछिका वर्षहरू’ नामक नयाँ रणनीति सार्वजनिक गर्दै आगामी आर्थिक वर्ष सन् २०२५÷२०२६ को अन्त्यसम्म ग्राहक सङ्ख्या ८८ लाख पुग्ने जनाएको छ, जुन प्रत्येक वर्ष करिब ६ प्रतिशतले वृद्धि हो।

त्यसैगरी, मोबाइल इन्टरनेट र डेटा प्रयोगकर्ताको संख्या पनि आर्थिक वर्षको अन्त्यसम्म ५२ लाख ८० हजारभन्दा बढी पुग्ने अपेक्षा गरिएको छ।

सन् २०२१ मा चिनियाँ प्रविधि कम्पनी हुवावेको सहयोगमा सुरु गरिएको मोबाइल भुक्तानी सेवा टेलिबिररको प्रयोगकर्ता संख्या यस वर्षको अन्त्यसम्म ६२ लाख ५० हजार पुग्ने देखिन्छ। यस सेवा मार्फत हुने लेनदेनको कुल मूल्य चार ट्रिलियन ४३ अर्ब तिर पुग्ने अनुमान छ। आगामी तीन वर्षमा टेलिबिररको प्रयोगकर्ता संख्या ७५ लाख भन्दा बढी हुनेछ र कुल लेनदेन मूल्य २१ ट्रिलियन ३०० अर्ब बिरसम्म पुग्ने अपेक्षा गरिएको छ।

एथियो टेलिकमले देशभर आफ्नो मोबाइल नेटवर्कलाई थप विस्तार गर्दै फोरजी र ५जी सेवाको पहुँच पनि बढाउने योजना बनाएको छ। इथियोपियाको जनसंख्या एक करोड २० लाख भन्दा बढी रहेको छ।

कम्पनीले चिनियाँ प्रविधि कम्पनीहरू जस्तै ह्वावे र जेडटीईसँग सहकार्य गर्दै आधुनिक र उच्च प्रविधिको सेवा विस्तारमा जोड दिइरहेको छ।

मुख्य कार्यकारी अधिकृत फ्रेहिवोट तामिरुका अनुसार, यो तीन वर्षे योजना कम्पनीलाई डिजिटल रुपान्तरणको एक महत्वपूर्ण कडी बनाउनेछ, जसले भरपर्दो सञ्चार सेवा, नयाँ डिजिटल समाधान, व्यवसायिक विविधता र सहज वित्तीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। रासस/सिन्ह्वा

प्रकाशित: १३ भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया