Technology Khabar १३ भाद्र २०८२, शुक्रबार
काठमाडौं ।
ह्वाट्सएपले राइटिङ हेल्प नामक नयाँ फिचर सार्वजनिक गरेको छ। यो एआई सुविधाले सन्देश लेखनमा मद्दत गर्नेछ। यसले विभिन्न शैलीहरूमा व्यावसायिक, रमाइला र सहयोगीजस्ता टेक्स्टको सुझाव दिनेछ भने तीमध्ये कुनै पनि सुझाव चयन गर्न वा बेवास्ता गर्न सकिनेछ।
कुनै पनि दुई व्यक्तिबीच वा ग्रुप च्याटमा मेसेज लेख्दा नयाँ पेन्सिल आइकनमा ट्याप गरेर यसको प्रयोग गर्न सकिनेछ। राइटिङ हेल्प प्राइभेट प्रोसेसिङ प्रविधिमा निर्मित रहको र यसले “मेटा वा व्हाट्सएपले तपाईंको सन्देश वा सुझाव गरिएको रि–राइट (पुनः लेखन) नपढिकन प्रतिक्रिया उत्पन्न गर्न मेटा एआईको लाभ उठाउन अनुमति दिन्छ”, कम्पनीले बताएको छ।
प्राइभेट प्रोसेसिङलाई तनाव–परीक्षण गरिनुका साथै “सुरक्षा समुदायका साथीहरू” बीच प्रमाणीकरण गरिएको व्हाट्सएपले बताएको छ। साथै, यो सुविधा वैकल्पिक भएको र डिफल्ट रूपमा अफ (बन्द) हुने जनाइएको छ। त्यसैले यदि मेटाको प्राइभेसी (गोपनीयता) प्रतिज्ञाहरूमा विश्वास नगरेको खण्डमा भने, यसलाई प्रयोग नगर्नका लागि छनौट गर्न सकिने उल्लेख गरिएको छ।
राइटिङ हेल्प अमेरिका र “धेरै अन्य देशहरू” बाट सुरु हुँदै अंग्रेजीमा रोल आउट हुँदैछ। यो “यस वर्ष पछि” अन्य भाषाहरू र देशहरूमा आइपुग्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १३ भाद्र २०८२, शुक्रबार