Technology Khabar १३ भाद्र २०८२, शुक्रबार
काठमाडौं ।
आगामी आईफोन १७ प्रो र प्रो म्याक्सले रिभर्स वायरलेस चार्जिङ समर्थन पाउने भनि एउटा हल्ला (चिनियाँ भाषामा) ले दाबी गरेको थियो। रिभर्स वायरलेस चार्जिङ समर्थन अहिले सम्म कुनै पनि एप्पल स्मार्टफोनको लागि उपलब्ध छैन।
गुगलले भर्खरै बिल्ट–इन म्याग्नेटहरू सहितको क्यूआई२ वायरलेस चार्जिङको साथ पिक्सेल १० परिवार लन्च गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ। यो एप्पलले म्यागसेफ ब्राण्ड अन्तर्गत प्रयोग गर्ने उही प्रविधि भएको बताइएको छ। साथै एप्पलले केही वर्ष पहिले यो प्रविधिलाई उद्योग स्ट्याण्डर्ड बनाउनको लागि व्यावहारिक रूपमा खुला स्रोत बनाएको थियो र अहिले जारी पनि रहेको छ।
त्यसैले यो प्रविधि फरक नाम अन्तर्गत एउटै कुरा हो। तर गुगलले अझै पनि सबै पिक्सेल १० डिभाइसहरूबाट रिभर्स वायरलेस चार्जिङ समर्थन त्याग्नु परेको छ।
“म्याग्नेट सेटले चार्जरसँग बलियो कनेक्सन सिर्जना गर्दछ तर रिभर्स वायरलेस चार्जिङको लागि भौतिक सीमा छ” (निम्न पोर्चुगिजबाट मेसिन अनुवाद गरिएको) र यो म्याग्नेटहरूसँग क्यूआई२ वायरलेस चार्जिङसँग नमिल्ने कम्पनीले बताएको छ।
तसर्थ, एप्पलले आफ्नो अर्को आईफोनहरूमा यही कारणले गर्दा रिभर्स वायरलेस चार्जिङको लागि समर्थन लन्च गर्न नसक्ने सम्भावना धेरै छ।
यो प्रविधि समावेश गर्न असम्भव भने नभएको र यसको लागि धेरै सम्भावना पनि नभएको उल्लेख गरिउको छ। त्यसैले रिभर्स वायरलेस चार्जिङ सहितको कुनै पनि आईफोनको तपाईंले चाँडै नै आउने अपेक्षा नगर्न सुझाइएको छ।
प्रकाशित: १३ भाद्र २०८२, शुक्रबार