सामसङको प्रोजेक्ट मुहान एक्सआर हेडसेटको लन्च मिति लगभग पुष्टि

Technology Khabar १२ भाद्र २०८२, बिहीबार

सामसङको प्रोजेक्ट मुहान एक्सआर हेडसेटको लन्च मिति लगभग पुष्टि

काठमाडौं ।

सामसङले प्रोजेक्ट मुहान कोडनेम भएको आफ्नो पहिलो एक्सआर हेडसेट लन्च गर्ने तयारी गरिरहेको छ। सामसङको यो प्रोजेक्ट मुहान एक्सआर हेडसेट मिक्स्ड रियालिटीको क्षेत्रमा गम्भीर चुनौती बन्ने दिशामा अघि बढिरहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

लन्च विन्डो, मूल्य निर्धारण र उपलब्धताः

यो हेडसेट सेप्टेम्बर २९, २०२५ मा सामसङको ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा डेब्यू हुने न्यूजवर्क्सले बताएको छ। यो अक्टोबर १३ को आसपास दक्षिण कोरियामा बिक्रीमा जाने अपेक्षा गरिएको छ भने त्यसपछि अक्टोबरको अन्त्य वा नोभेम्बरको सुरुमा विश्वव्यापी रुपमा उपलब्ध हुनेछ।

त्यसैगरी हेडसेटको मूल्य १,८०० देखि २,०००अमेरिकी डलर बीच हुने अनुमान गरिएको छ जसले एप्पल भिजन प्रोको ४३,५०० ट्यागलाई कम गर्दछ।

प्रोजेक्ट मुहान गुगलको एन्ड्रोइड क्सआर प्लेटफर्ममा चल्नेछ भने १६जीबी र्यामको साथमा क्वालकमको स्न्यापड्रागन क्सआर२+ जेन २ प्रोसेसरद्वारा सञ्चालित हुनेछ। यसले ९०हर्जमा डुअल सोनी माइक्रो–ओएलईडी डिस्प्लेहरू हुने यस हेडसेटले मल्टि–क्यामरा ट्र्याकिङलाई पनि समर्थन गर्नेछ र सम्भवतः १२ क्यामराहरूको साथमा बाह्य ब्याट्री प्याक प्रयोग गर्नेछ।

हालैको आम्दानी कलले भने सामसङले अझै पनि आफ्नो एक्सआर हेडसेट सन् २०२५ मा नै लन्च गर्ने योजना बनाइरहेको पुष्टि गरेको छ र जसले महिनौंको मौनता पछि परियोजनाको वैधतालाई पुनः पुष्टि गरेको उल्लेख गरिएको छ।

रोड टु भीआरका अनुसार, हेडसेटले ह्याण्ड (हात) र आई (आँखा) ट्र्याकिङ जस्ता सुविधाहरूका साथै वैकल्पिक भीआर कन्ट्रोलर्स (नियन्त्रकहरू) पनि एकीकृत गर्ने अपेक्षा गरिएको छ। सामसङले जुलाई २०२५ अनप्याक्डको समयमा हेडसेटलाई टिज गर्न सक्ने बताइएको छ र यसले पूर्ण रुपमा खुलासा हुनुभन्दा पहिले प्रारम्भिक पूर्वावलोकन प्रदान गर्नेछ।

मूल्य निर्धारण, गुगल–समर्थित प्लेटफर्म र प्रतिस्पर्धी हार्डवेयरको साथ, प्रोजेक्ट मुहान भिजन प्रोको लागि थप पहुँचयोग्य विकल्पको रूपमा आकार लिइरहेको र एक्सआर क्षेत्रमा सामसङको लागि बलियो खेल हुने सम्भावना रहेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

Sajilo Visa

प्रकाशित: १२ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार