Technology Khabar १२ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
नेपालमा चालु आर्थिक वर्षको पहिलो महिना साउनभरीमा साढे ८ करोडमाथिको राउटरको आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार ८ करोड ६७ लाख रुपैयाँ बराबरको राउटर आयात भएको छ।
उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको ६४ हजार ५०६ थान राउटर आयात भएको विवरणमा उल्लेख छ।
साउन महिनासम्म नेपालमा ८ करोड ६७ लाख रुपैयाँ बराबरको ४६ हजार ५०६ थान राउटर आयात भएकोमा सरकारले उक्त परिमाणको राउटर आयातबाट यो अवधिमा १ करोड ६३ लाख १२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित विश्वका जम्मा ६ मुलुकबाट राउटर आयात भएको छ।
यो अवधिमा सबैभन्दा बढी चीनबाट ८ करोड ६६ लाख ९१ हजार रुपैयाँ बराबरको ४६ हजार ४४६ थान राउटर आयात भएको छ। यसैगरी भारतबाट ३ हजार बराबरको ६० थान, मलेसियाबाट ३ हजार बराबरको १ थान, कतारबाट १ हजार बराबरको २ थान, २ हजार बराबरको १ थान राउटर आयात भएको छ। यसैगरी यूएईबाट १ थान राउटर आएको छ जसको मूल्य राखिएको छैन।
यस्तो छ विवरण
क्र.सं. | देश | विवरण | रकम हजारमा |
१ | चीन | ४६४४१ | ८६६९१ |
२ | भारत | ६० | ३ |
३ | मलेशिया | १ | ३ |
४ | कतार | २ | १ |
५ | यूएई | १ | ० |
६ | बेलायत | १ | २ |
प्रकाशित: १२ भाद्र २०८२, बिहीबार