वानप्लसद्वारा भारतमा नर्ड बड्स ३आर सार्वजनिक

Technology Khabar १२ भाद्र २०८२, बिहीबार

वानप्लसद्वारा भारतमा नर्ड बड्स ३आर सार्वजनिक

काठमाडौं ।

वानप्लसले भारतमा कम्पनीको लाइनअपमा नवीनतम एन्ट्री–लेभल वायरलेस इयरबड्सको रुपमा नर्ड बड्स ३आर लन्च गरेको छ। सेप्टेम्बर ८ देखि उपलब्ध हुने नर्ड बड्स ३आरको मूल्य १,७९९ भारतीय रुपैयाँ (२० अमेरिकी डलर) कायम गरिएको छ।

नर्ड बड्स ३आर इयरबड्सको आधारभूत सेट हो। तिनीहरूमा १२.४एमएम डायनामिक ड्राइभर्सका साथै तीन प्रिसेटहरू सहितको कम्पनीको साउण्ड मास्टर ईक्यू सुविधा र ६–ब्यान्ड कस्टम ईक्यू रहेको छ। वानप्लस थ्रीडी अडियो सुविधा ३६०–डिग्री स्पेसियल अडियोको लागि पनि उपलब्ध रहेको छ। कलहरूको लागि, इयरबड्सले प्रत्येक इयरबडमा दुई माइक्रोफोनहरू प्रयोग गर्दछन् भने स्पष्ट कलहरूको लागि एआई नोइज क्यान्सिलेसन, बीमफर्मिङ र एन्टी–विन्ड डिजाइन प्रयोग गर्ने जनाइएको छ। यद्यपि, इयरबड्सले एक्टिभ नोइज क्यान्सिलेसन भने प्रदान नगरेको उल्लेख गरिएको छ।

वानप्लसले इयरबड्सबाट १२ घण्टा निरन्तर प्लेब्याकको साथ र केसमा चार्जसँग जोड्दा ५४ घण्टाको लामो ब्याट्री जीवन उपलब्ध हुने दाबी गरेको छ। साथै कम्पनीले ब्याट्रीले १,००० चार्जिङ साइकल पछि पनि निरन्तर पर्फर्मेन्स कायम राख्ने दाबी पनि गरेको छ।

अन्य सुविधाहरूमा डुअल–डिभाइस कनेक्सन भएको ब्लुटुथ ५.४, एसबीसी/एएसी समर्थन, गेम मोडमा ४७एमएस लेटेन्सी र आईपी५५ वाटर एण्ड डस्ट रेसिस्टेन्स समावेश छन्।

वानप्लस नर्ड बड्स ३आर वानप्लस डट इन, वानप्लस स्टोर एप, वानप्लस एक्सपिरियन्स स्टोर, अमेजन, फ्लिपकार्ट, मिन्ट्रा, क्रोमा, रिलायन्स, विजय सेल्स, बजाज इलेक्ट्रोनिक्सका साथै अन्य मुख्यलाइन ब्रान्ड साझेदारहरू र स्टोरहरूमा उपलब्ध हुने बताइएको छ। इयरबड्स अउरा ब्लू र एश ब्ल्याकगरी दुई रङ्गहरूमा उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

Sajilo Visa

प्रकाशित: १२ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार