Technology Khabar १२ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
रियलमी ८२८ फ्यान फेस्टिभल अघि चिनियाँ निर्माताले आफ्नो आगामी प्रोटोटाइप स्मार्टफोनको ब्याट्री क्षमता पुष्टि गरेको छ। गत हप्ता रियलमीले १०,००० एमएएच भन्दा ठूलो ब्याट्री भएको फोन प्रदर्शन गर्ने कुरा बताएको थियो।
सामाजिक सञ्जालमा सेयर गरिएको टिजरमा, रियलमीले आफ्नो आगामी प्रोटोटाइप फोनमा १५,००० एमएएच ब्याट्री हुने कुराको खुलासा गरेको छ।
रियलमीले फोनले १८.४५ घण्टासम्मको भिडियो रेकर्ड गर्न, ५० घण्टासम्मको भिडियो प्लेब्याक डेलिभर गर्न र एक पटक चार्ज गर्दा नियमित प्रयोगमा ५.१८ दिनसम्म टिक्ने दावी गरेको छ।
फोनको अन्य कुनै विवरणको बारेमा भने खुलासा गरिएको छैन। साथै, रियलमीले बिल्ट–इन फ्यान भएको फोनको पनि टिजर सार्वजनिक गरेको छ जसले ६ डिग्री सेल्सियससम्म तापक्रम घटाउने दावी गरिएको छ।
दुवै फोन एउटै डिभाइस हो कि होइन भनेर थाहा नभएको र अगस्ट २७ मा हुने तय भएको रियलमी ८२८ फ्यान फेस्टिभलमा यस बारेमा जानकारी प्राप्त हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १२ भाद्र २०८२, बिहीबार