Technology Khabar १२ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
गुगलले कन्ट्याक्ट (सम्पर्क) हरू वैध छन् कि छैनन् भनेर पुष्टि गर्ने तरिका परिवर्तन गर्दैछ। कम्पनीले कुराकानी गरिरहेको व्यक्ति वास्तवमा उनीहरू आफूले भनेको व्यक्ति हो वा होइन भनी प्रमाणित गर्न क्यूआर कोड रोल आउट गर्न थालेको ९टु५गुगलले रिपोर्ट गरेको छ। यो सुविधा हाल बिटामा उपलब्ध रहेको जनाइएको छ।
इण्ड–टु–इण्ड इन्क्रिप्सन कार्ड कुनै नयाँ कुरा होइन, तर इन्क्रिप्सन प्रमाणित गर्नाले तुलना गर्न सकिने ८०–अङ्कको कोड हेर्नु भएको रिपोर्ट गरिएको छ।
यसको लागि गुगल म्यासेजेजमा गएर तिनीहरूको नाम ट्याप गरेपछि तिनीहरूको विवरण पृष्ठमा जानु पर्नेछ। त्यसपछि, तपाईंको क्यूआर कोड देखाउने वा तिनीहरूको कोड स्क्यान गर्ने विकल्प हुने जनाइएको छ।
भेरिफाई किजले “तपाईं र तपाईंको कन्ट्याक्ट (सम्पर्क)ले मात्र तपाईंले एकअर्कालाई पठाउनुभएको आरसीएस म्यासेज (सन्देश) हरू पढ्न सक्ने कुराको सुनिश्चित गर्दछ” भनि गुगलले बताएको छ। क्यूआर कोडमा समस्या भएमा ८०–अङ्कको तुलना अझै पनि उपलब्ध हुने थप उल्लेख गरिएको छ।
“हामी विभिन्न एपहरूमा पब्लिक किज भेरिफिकेसन (प्रमाणीकरण) को लागि युनिफाइड सिस्टम (एकीकृत प्रणाली) सिर्जना गर्दैछौं, जुन तपाईंले क्यूआर कोड स्क्यानिङ वा नम्बर तुलना मार्फत प्रमाणित गर्न सक्नुहुन्छ” भन्दै गुगलले पहिलो पटक गत अक्टोबरमा नयाँ सुविधाको घोषणा गरेको थियो। त्यतिबेला, कम्पनीले यो सुविधा सबै एन्ड्रोइड ९ डिभाइसहरूका साथै नयाँ डिभाइसहरूमा उपलब्ध हुने बताएको थियो।
क्यूआर कोडहरू गुगलमा नयाँ मानक हुन सक्ने उल्लेख गरिएको छ। कम्पनीले जीमेलमा एसएमएस–आधारित टु–फ्याक्टर अथेन्टिकेसन (दुई–कारक प्रमाणीकरण) लाई क्यूआर कोडहरूमा स्विच गर्ने योजना पनि बनाइरहेको इनग्याजेटले रिपोर्ट गरेको छ।
प्रकाशित: १२ भाद्र २०८२, बिहीबार