फोल्डेबल आईफोन अर्को वर्षको शरद ऋतुमा अनावरण हुने अपेक्षा

Technology Khabar ११ भाद्र २०८२, बुधबार

फोल्डेबल आईफोन अर्को वर्षको शरद ऋतुमा अनावरण हुने अपेक्षा

काठमाडौं ।

एप्पलले अर्को वर्षको सुरुमै आफ्नो पहिलो फोल्डेबल आईफोन लन्च गर्न सक्ने चर्चा रहेको छ। साथै यस डिभाइसलाई उद्योगमा पहिले नै कम्पनीको सबैभन्दा महत्वाकांक्षी परियोजनाको रूपमा वर्णन गरिएको छ।

“भी६८” कोडनाम भएको मोडेल सन् २०२६ को शरदमा आइपुग्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

अफवाहहरू अनुसार, फोनमा किताब जस्तै फोल्ड हुने लगभग ५.५ इन्चको एउटा सानो बाहिरी स्क्रिन र लगभग ७.८ इन्चको एउटा ठूलो भित्री स्क्रिन गरी दुईओटा ओएलईडी स्क्रिनहरू हुनेछन्।

एप्पलले नयाँ इन–सेल प्रविधि प्रयोग गर्ने योजना बनाएको बताइएको छ जसले कर्भेचरको भिजिबिलिटी कम गर्ने र फ्लुड युजर एक्सपिरियन्स प्रदान गर्नेछ।

एप्पलले पहिलो फोल्डेबल आईफोन अत्यन्तै पातलो हुने बताइएको छ। यो डिभाइस खुला हुँदा लगभग ४.५ एमएम र बन्द गर्दा ९ देखि ९.५ एमएम बीचमा यसको थिकनेस हुने भएकाले यो अहिलेसम्मको सबैभन्दा पातलो आईफोन हुने उल्लेख गरिएको छ।

फोल्डेबल आईफोनको बाहिरी र भित्री स्क्रिनमा एउटा र डिभाइसको पछाडि दुईओटा गरी कुल चार क्यामराहरू हुनेछन्। पछाडिको मुख्य क्यामरा हाई–रिजोल्युसनको हुने अपेक्षा गरिएको छ भने दोस्रोमा सम्भवतः अल्ट्रा–वाइड वा टेलिफोटो लेन्स हुने जनाइएको छ।

हालको आईफोन मोडेलहरू भन्दा फरक, नयाँ डिभाइसले फेस आईडी प्रयोग नगर्ने र त्यसको सट्टा साइड र पावर बटनमा एकीकृत गरिने टच आईडी सेन्सरमा निर्भर हुनेछ। पातलो केसमा सीमित ठाउँको कारणले गर्दा त्यसो गर्न लागिएको जनाइएको छ।

एप्पलले भौतिक सिम कार्ड स्लट हटाउने नीति जारी राखेको र फ्लेक्सिबल आईफोनमा पनि विशेष रूपमा ईसिम प्रविधि प्रयोग गरिने उल्लेख गरिएको छ।

यो डिभाइसमा गत वर्षको सी१ को उत्तराधिकारी नयाँ एप्पल सी२ मोडेम हुनेछ जसले छिटो र अधिक स्थिर जडानहरू ल्याउने बताइएको छ।
त्यसैगरी फोल्डेबल आईफोन कम्तिमा सुरुमा कालो र सेतो गरी दुई रङ्गहरूमा उपलब्ध हुनेछ।

विश्लेषकहरूले यो डिभाइसको मूल्य १,९९९ अमेरिकी डलर देखि २,५०० अमेरिकी डलरको दायरामा हुने भविष्यवाणी गरेका छन्। यस मूल्य दायराले डिभाइसलाई अल्ट्रा–प्रिमियम खण्डको शीर्षमा राख्ने टेलीग्राफले रिपोर्ट गरेको छ।

Sajilo Visa

प्रकाशित: ११ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार