सामसङ ग्यालेक्सी ट्याब एस१० लाइट आधिकारिक रुपमा सार्वजनिक

Technology Khabar ११ भाद्र २०८२, बुधबार

काठमाडौं ।

सामसङले ग्यालेक्सी ट्याब एस१० लाइट आधिकारिक रुपमा घोषणा गरेको छ। ट्याब्लेटमा ६००–निट पीक ब्राइटनेस र “लोअर ब्लू लाइट इमिसन” भएको १०.९ इन्चको एलसीडी स्क्रिन रहेको छ।

यस नयाँ ट्याब्लेटमा रहेको “अपग्रेडेड प्रोसेसर” को भने खुलासा गरिएको छैन। साथै “वृद्धी गरिएको मेमोरी क्षमता” को बारेमा पनि कुनै जानकारी उपलब्ध नभएको सामसङले बताएको रिपोर्ट गरिएको छ।

ग्यालेक्सी ट्याब एस१० लाइटमा “सुपर–फास्ट चार्जिङ“ को लागि समर्थन भएको ८,००० एमएएच ब्याट्री रहेको छ। साथै यो ४५ वाटको भएको मानिएको भए तापनि सामसङको प्रेस विज्ञप्तिमा यस बारेमा पनि उल्लेख गरिएको छैन। ट्याब्लेटको बक्समा एस पेनको साथमा सफ्टवेयरमा यसको लागि रचनात्मक सुविधाहरूको सुइट उपलब्ध रहेको बताइएको छ।

त्यसैगरी बुक कभर किबोर्ड छुट्टै उपलब्ध हुने बताइएको छ र डिभाइसमा ग्यालेक्सी एआई किज समावेश रहेको छ जसले एआई एसिस्टेन्समा द्रुत पहुँच प्रदान गर्नेछ। त्यसैगरी गुगलको सर्कल टु सर्च पनि समावेश रहेको थप उल्लेख गरिएको छ।

ट्याब्लेटको खरिदमा गुडनोट्सको १ वर्षको निःशुल्क पूर्ण संस्करण, पहिलो सदस्यतामा २० प्रतिशत छुट सहित क्लिप स्टुडियो पेन्टको ६ महिनाको निःशुल्क परीक्षण र लुमाफ्यूजनमा ६६ प्रतिशत छुटका साथै एक महिनाको निःशुल्क क्रिएटर पास सदस्यता प्राप्त गरिने बताइएको छ। साथै, नोटेशन एआई प्लस योजनाको एक महिनाको निःशुल्क परीक्षण पनि उपलब्ध हुने उल्लेख गरिएको छ।

ग्यालेक्सी ट्याब एस१० लाइट सेप्टेम्बर ५ मा ग्रे (खैरो), सिल्भर (चाँदी) र “कोरलरेड” रंगमा उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया