Technology Khabar ११ भाद्र २०८२, बुधबार
काठमाडौं ।
बेरक्टर टीबी२टी–एआईले उचाइको रेकर्ड तोडेको छ। उन्नत आर्टिफिसियल इन्टेलिजेन्स र टर्बो इन्जिनले सुसज्जित नयाँ पुस्ताको लडाईमा प्रयोग हुने ड्रोन उक्त बेरक्टर टीबी२टी–एआईले आफ्नो श्रेणीमा उचाइको रेकर्ड तोडेको हो।
टर्कीको यो ड्रोनले अल्टिट्युड सिस्टम आइडेन्टिफिकेसन टेस्ट एण्ड पर्फर्मेन्स टेस्ट (उचाइ प्रणाली पहिचान परीक्षण र प्रदर्शन परीक्षण) को क्रममा ४०,०२३ फिट (लगभग १२,२०० मिटर) उचाइमा पुगेको र आफ्नो श्रेणीमा रेकर्ड कायम गरेको रिपोर्ट गरिएको छ।
बेरक्टर टीबी२टी–एआई मा हालको ड्रोनको तुलनामा उच्च उचाइहरुमा धेरै उच्च आरोहण र दीर्घकालीन सहनशीलता क्षमताहरू रहेका छन्।
टर्कीको यो ड्रोनको गति ३०० किलोमिटर प्रति घण्टा भन्दा बढी रहेको छ।
बेरक्टर टीबी२टी–एआई यसको वृद्धि गरिएको टेक–अफ तौल र वृद्धि गरिएको पेलोड क्षमताको कारण युद्धभूमिमा लामो र प्रभावकारी मिसनहरू सञ्चालन गर्न डिजाइन गरिएको बताइएको छ।
तीन नयाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्प्युटरहरूको एकीकरणको साथ बेरक्टर टीबी२टी–एआई हवाई लडाईमा उन्नत स्वायत्त क्षमताहरू प्रदान गर्ने दावी गरिएको छ।
नयाँ पुस्ताको ड्रोनले कठिन इलेक्ट्रोनिक वारफेयरमा पनि भू–भागमा आधारित भिजुअल नेभिगेसन गर्ने क्षमता प्राप्त गरेको उल्लेख गरिएको छ। आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीहरूको कारण, यस ड्रोनले भिजुअल नेभिगेसन मार्फत भू–भाग पहिचान गर्ने र दिशा निर्धारण गर्नेछ।
हावामा रहँदा आपतकालीन अवस्थामा, आर्टिफिसियल इन्टेलिजेन्सद्वारा समर्थित यसको प्रणालीहरूको सहायताले यो स्वचालित रूपमा र सुरक्षित रूपमा आधारमा फर्कन सक्ने टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ११ भाद्र २०८२, बुधबार