जिपी अस्पतालमा विद्युतीय चिकित्सा प्रणाली ‘इएमआर’ शुभारम्भ

  • Technology Khabar | १० भाद्र २०८२, मंगलवार
जिपी अस्पतालमा विद्युतीय चिकित्सा प्रणाली ‘इएमआर’ शुभारम्भ

काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा विद्युतीय चिकित्सा प्रणाली (इएमआर)को शुभारम्भ गरेका छन्।

अस्पतालमा आज आयोजित कार्यक्रममा उनले यो सेवा आरम्भ गरेका हुन्। विश्व स्वास्थ्य सङ्गठनले २५ लाख २६ हजार रुपैयाँ बराबरको उपकरण जडान गरेसँगै सेवा सुरु भएको हो।

दक्षिण एसियाको उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नाममा केन्द्र स्थापना गरेको हो। केन्द्रलाई शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा प्राप्त भएको छ।-रासस

प्रकाशित: १० भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...