एमजीले ल्यायो दशैं, तिहार र छठको लागि “पाथ्स अफ स्माइल” योजना

Technology Khabar १० भाद्र २०८२, मंगलवार

एमजीले ल्यायो दशैं, तिहार र छठको लागि “पाथ्स अफ स्माइल” योजना

काठमाडौं ।

नेपालमा एमजीको अधिकृत वितरक प्यारामाउन्ट मोटर्सले दशैं, तिहार र छठको अवसरमा विशेष पर्व योजना “मोरिस गराजेज पाथ्स अफ स्माइल” सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले एमजीका गाडीहरू – एमजी४ इभी, एमजी कमेट इभी, एमजी जेडएस भ्ख्, एमजी एसछ इभी, एमजी विन्डसर इभी, र एमजी आइएमट इभी खरिद गर्दा विशेष सुविधा पाउनेछन्।

यो अफर २०८२ भदौ ६ गतेदेखि २०८२ कार्तिक १० गतेसम्म एमजीको नक्साल र थापाथलीस्थित शोरूमहरूमा उपलब्ध हुनेछ, जसले ग्राहकलाई पर्याप्त समय भित्र यो अवसरको लाभ उठाउने मौका दिनेछ।

प्यारामाउन्ट मोटर्स प्रा. लि. का महाप्रबन्धक सुनील ब. क्षेत्रीले भने,“पर्वहरू खुसी, एकता र उत्सवको समय हो। ‘पाथ्स अफ स्माइल’ योजनामार्फत हामी हाम्रो ग्राहकहरूको एमजी गाडीको अनुभवलाई अझ विशेष बनाउन चाहन्छौं। आकर्षक छुट, निःशुल्क इन्स्योरेन्स र सजिलो चार्जिङ्ग सुविधा सहित यो पर्व, एमजी घर ल्याउने उत्तम अवसर हो।”

कम्पनीको दावी अनुसार पर्वसँगै एमजीको खुशी “पाथ्स अफ स्माइल” योजनाले नेपालमा एमजीको प्रिमियम, नवीनतम र ग्राहक–केन्द्रित अनुभव दिने प्रतिबद्धता झल्काउँछ। चाहे दशैं होस्, तिहार वा छठ, एमजी गाडीहरूले थप मूल्य र सुविधा सहित सुरक्षित, सहज र रमाइलो यात्रा सुनिश्चित गर्दछ। थप जानकारीका लागि ग्राहकहरूले एमजी नेपाल वेबसाइट वा नजिकको एमजी शोरूम सम्पर्क गर्न सक्नेछन्।

पर्वविशेष अफर यस्तो छ:

• रु.४ लाखसम्म छुट८
• निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स
• निःशुल्क ३ किलोवाट वा ७ किलोवाट चार्जर

एमजी (मोरिस ग्यारेज) एक ऐतिहासिक ब्रिटिश अटोमोटिभ ब्रान्ड हो जसमा १०० वर्षको नवप्रवर्तन र प्रदर्शनको विरासत छ। नेपालमा, एमजी सवारी साधनहरू आधिकारिक रूपमा प्यारामाउन्ट मोटर्स प्रा. लि.द्वारा वितरण गरिन्छ, जसले आधुनिक जीवनशैली अनुरूप विद्युतीय र इन्धनबाट चल्ने सवारी साधनहरूको बढ्दो माग र विविधता प्रदान गर्दछ।

एमजी नेपाल एमजी४ इभी, एमजी कोमेट इभी, एमजी जेडएस इभी, एमजी एसछ इभी र एमजी विन्डसर इभी र सबै नयाँ एमजी एमआइट जस्ता मोडेलहरूको साथ देशको इभी क्रान्तिको अग्रपंक्तिमा छ। दिगो गतिशीलता र अत्याधुनिक प्रविधिप्रति प्रतिबद्धताका साथ, एमजीको नेपालमा ड्राइभिङको भविष्यलाई आकार दिने निरन्तरता जारी छ।

Sajilo Visa

प्रकाशित: १० भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार