अनर एक्स७डी सार्वजनिक: ६.७७ इन्चको डिस्प्ले र स्न्यापड्रागन ६८५ समावेश

Technology Khabar १० भाद्र २०८२, मंगलवार

अनर एक्स७डी सार्वजनिक: ६.७७ इन्चको डिस्प्ले र स्न्यापड्रागन ६८५ समावेश

काठमाडौं ।

अनरले ठूला ब्याट्री र अतिरिक्त टिकाउपनमा केन्द्रित कम्पनीको किफायती सिरिजको पछिल्लो सदस्यको रूपमा अनर एक्स७डी घोषणा गरेको छ।
अनर एक्स७डी मा १२० हर्ज रिफ्रेस रेट र ७२०पी+ रिजोल्युसन सहितको ६.७७ इन्चको एलसीडी डिस्प्ले रहेको छ।

फोनले ड्रप–सर्भाइभलको लागि एसजीएस ५–स्टार सर्टिफिकेसन (प्रमाणीकरण) प्रदान गर्दछ। साथै ह्यान्डसेटले डस्ट एण्ड वाटर जेट्सको लागि आईपी६५ सर्टिफिकेसन प्रमाणीकरण पनि प्रदान गर्दछ।

अनर एक्स७डी मा दुई वर्ष पुरानो स्न्यापड्रागन ६८५ एसओसी को साथमा १२जीबी/१२८जीबी, १६जीबी/१२८जीबी वा १६जीबी/२५६जीबी मेमोरी समावेश गरिएको छ।

डिभाइसको पछाडि क्यामरा सेटअपमा एफ÷१.७५ एपर्चर भएको १०८ मेगापिक्सेलको मुख्य क्यामरा र डेफ्थ डाटाको लागि प्रयोग गरिने २ मेगापिक्सेलको सेन्सर समावेश गरिएको छ। अगाडिको क्यामरामा एफ/२.० एपर्चर र ८ मेगापिक्सेलको सेन्सर रहेको छ।

फोनमा ३५ वाटको सुपरचार्ज चार्जिङलाई समर्थन गर्ने ६,५०० एमएएच ब्याट्री रहेको छ। यो डिभाइस एन्ड्रोइड १५ को साथमा म्याजिकओएस ९.० सँग आउने जनाइएको छ।

अनर एक्स७डी डेजर्ट गोल्ड, ओशन सायन, मेटियर सिल्भर र भेलभेट ब्ल्याक रङ्गहरूङ्गा उपलब्ध हुनेछन्। अनरले मूल्य निर्धारण र उपलब्धता विवरणहरू पुष्टि गर्न बाँकी रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

Sajilo Visa

प्रकाशित: १० भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार