Technology Khabar १० भाद्र २०८२, मंगलवार
काठमाडौं ।
गुगल ड्राइभ पछिल्लो समयमा भिडियो अपलोडहरूप्रति बढ्दो रूपमा मैत्रीपूर्ण हुँदै गइरहेको छ। हालै, गुगलले आफ्नो क्लाउड स्टोरेज प्लेटफर्ममा अटोम्याटिक (स्वचालित) क्याप्सनिङ, भिजुअल रिडिजाइन, नयाँ अपलोड गरिएका भिडियोहरूको लागि इन्स्ट्यान्ट प्लेब्याक, टाइम–स्ट्याम्प्ड ट्रान्सक्रिप्ट र युट्युब–लाइक (जस्तो) थम्बनेल प्रिभिउहरू पनि थप गरेको छ।
यसै क्रममा गुगलले अब नयाँ थपको रुपमा गुगल भिड्स इन्टिग्रेसन ल्याएको छ। योग्य वर्कस्पेस डोमेनका प्रयोगकर्ताहरूले चाँडै नै ड्राइभमा भिडियो खुला हुँदा माथिल्लो दायाँ कुनामा बैजनी रङ्गको गुगल भिड्स आइकन देख्न सक्नेछन्।
यसमा क्लिक गर्नाले उक्त भिडियो गुगल भिड्समा लोड हुनेछ र संगीत, अतिरिक्त टेक्स्ट ओभरले जस्ता थप अन्य मिडिया कन्टेण्ट (सामग्री) को साथ भिडियोलाई ट्रिम गर्न सकिने छ।
गुगल भिड्सले बेसिक इडिटिङ्ग टुल्स (आधारभूत सम्पादन उपकरणहरू) प्रदान गर्दछ भने यसले क्लाउडमा पूर्ण रूपमा इडिटिङ्ग गर्दा फाइदा पुर्याउने उल्लेख गरिएको छ।
एक पटक सम्पादन गरिसकेपछि, नयाँ भिड्स फाइल तयार हुनेछ र त्यसलाई छुट्टै रुपमा सेभ वा एक्सपोर्ट गर्नुपर्ने छ। सायद गुगलले भविष्यमा इन–प्लेस इडिटिङ्ग प्रदान गरेर यो प्रक्रियालाई अलि बढी सहज बनाउन सक्नेछ।
नयाँ इन्टिग्रेसनमा केही सीमितताहरू भने रहेका छन्। यसले केवल ३५ मिनेट भन्दा छोटो र ४जीबी भन्दा कम साइजका एमपी४, क्विकटाइम, ओजीजी र वेबएम भिडियोहरूमा काम गर्नेछ। साथै, उल्लेख गरिएझैं, आफ्नो निःशुल्क गुगल ड्राइभ खाताको नयाँ एकीकरण हेर्ने आशा नगर्नका लागि आग्रह गरिएको छ। यसको सट्टा, यी योग्य वर्कस्पेस डोमेनहरू यहाँ रहेका छन्ः
यसका प्रयोगकर्ताहरूले अर्को १५ दिन भित्र एकीकरण देख्न सुरु गर्ने आशा गर्न सक्ने उल्लेख गरिएको छ। अवश्य पनि, यो सुविधा डेस्कटपमा राम्रोसँग काम गर्नेछ भने सैद्धान्तिक रूपमा, मोबाइल ब्राउजरहरूमा पनि सटीक ट्यापिङको साथ केही द्रुत सम्पादनहरू गर्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १० भाद्र २०८२, मंगलवार