साउन महिनामा कुन देशबाट कति आए विद्युतीय चारपाङ्रे सवारी? यस्तो छ तथ्याङ्क

Technology Khabar १० भाद्र २०८२, मंगलवार

साउन महिनामा कुन देशबाट कति आए विद्युतीय चारपाङ्रे सवारी? यस्तो छ तथ्याङ्क

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउन मसान्तसम्ममा नेपालमा ४२ करोड रुपैयाँ हाराहारीका १६० थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा नेपाल भित्रिएका चारपाङ्ग्रे सवारी साधनको समग्र मूल्य ४१ करोड ८८ लाख ४० हजार रुपैयाँ रहेको छ।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत, द. कोरिया, थाइल्याण्ड र अमेरिका गरी विश्वका ५ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५० किलोवाटसम्म २५, ९२, ०००
कार, जीप र भ्यान भारत ५० किलोवाटसम्म १९ २, ७३, ८०, ०००

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५१ देखि १०० किलोवाटसम्म  ३० ९, ३५, ३१, ०००
कार, जीप र भ्यान भारत ५१ देखि १०० किलोवाटसम्म  ६४  १३, ८७, १४, ०००
कार, जीप र भ्यान थाइल्याण्ड ५१ देखि १०० किलोवाटसम्म  १३ ३, ५९, ९४, ०००

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन १०१ देखि २०० किलोवाटसम्म २८ १०, ०४, ८९, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान भारत १०१ देखि २०० किलोवाटसम्म  ७४, ७८, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान द. कोरिया १०१ देखि २०० किलोवाटसम्म ७८, १२, ०००

 

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान सं. रा. अमेरिका  ३०० किलोवाटदेखि माथि ४८, ४९, ०००
Sajilo Visa

प्रकाशित: १० भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार