Technology Khabar ९ भाद्र २०८२, सोमबार
काठमाडौं ।
सशस्त्र प्रहरीले नेपाल-भारत सीमा क्षेत्रबाट चिनियाँ विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) बरामद गरेको छ।
बर्दिया जिल्लाको मधुवन नगरपालिका-५ फुलराम चोकबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको भेप शुक्रबार राति करिब १ बजे सशस्त्र प्रहरीको शक्तिपुर बीओपीबाट खटिएको टोलीले बरामद गरेको हो।
सशस्त्रका अनुसार २ साइकलमार्फत लैजाँदै गरिएको ८ ओटा कार्टुनमा राखिएको १ हजार ९२० थान भेप भेप बरामद गरेको हो।
सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको कमान्डमा खटिएको टोलीले साईकलमा ओसार पसार गर्न लागेको अवस्थामा बरामद गरेको बताईएको छ।
सशस्त्र प्रहरीका अनुसार बरामद विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) को मूल्य ४८ लाख पचास हजार भन्दा बढी रहेको छ।
बरामद गरिएको भेप आवश्यक कारबाहीका लागि गुलरियास्थित राजापुर भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ।
प्रकाशित: ९ भाद्र २०८२, सोमबार