इन्स्टा३६० को नयाँ गो अल्ट्रा एक्सन क्यामरा सार्वजनिक

Technology Khabar ९ भाद्र २०८२, सोमबार

इन्स्टा३६० को नयाँ गो अल्ट्रा एक्सन क्यामरा सार्वजनिक

काठमाडौं ।

चिनियाँ कम्पनी इन्स्टा३६० ले आफ्नो कम्प्याक्ट क्यामरा लाइनमा नयाँ प्रिमियम थपको रुपमा इन्स्टा३६० गो अल्ट्रा एक्सन क्यामरा प्रस्तुत गरेको छ। यसलाई गो ३एस मोडेलको प्रतिस्थापनको रूपमा नभइ गो सिरिजमा नयाँ र अधिक शक्तिशाली प्रोडक्ट लाइनको रूपमा वर्णन गरिएको छ।

अर्को पुस्ताको नयाँ गो अल्ट्रा एक्सन क्यामरामा पर्फर्मेन्सतर्फ महत्त्वपूर्ण छलाङ्गको साथ नयाँ ५एनएम एआई चिप समावेश गरिएको छ जुन गो ३एस मोडेलको १४एनएम चिपबाट ठूलो कदम भएको रिपोर्ट गरिएको छ।

नयाँ गो अल्ट्रा एक्सन क्यामराले ठूलो १/१.२८–इन्चको सेन्सर प्रयोग गरिएको छ जुन ३एस मा भएको भन्दा लगभग दोब्बर ठूलो भएको बताइएको छ। यी सुधारहरूले एचडीआर को लागि समर्थन, ६०एफपीएस मा फोरके रेकर्डिङ र ३एस को तुलनामा प्रति सेकेन्ड दोब्बर फ्रेमहरूको साथ राम्रो ईमेज गुणस्तरको लागि अनुमति दिने बताइएको छ।

अल्ट्राले पियोरभिडियो पनि प्रदान गर्ने उल्लेख गरिएको छ। यसले लो–लाइट रेकर्डिङ (कम प्रकाश) रेकर्डिङको समयमा नोइज कम गर्न र ब्राइटनेस (चमक) बढाउन आर्टिफिसियल इन्टेलिजेन्स–आधारित एल्गोरिदमहरू प्रयोग गर्दछ।

अल्ट्राको फर्म फ्याक्टर धेरै हदसम्म ३एस को जस्तै रहेको छ जसमा कम्प्याक्ट क्यामरा बडीलाई एक्सन पोडमा जोड्न सकिने छ। साथै यसले अतिरिक्त ब्याट्री लाइफ र लाइभ दृश्यको लागि २.५ इन्चको टचस्क्रिन प्रदान गर्दछ। त्यसैगरी अल्ट्राको तौल ५३ ग्राम रहेको छ जुन ३एस भन्दा १४ ग्राम बढी भएको उल्लेख गरिएको छ। यस गो अल्ट्रा एक्सन क्यामराको बडी वर्गाकार रहेको छ भने ३एस को आकार पिल–सेप जस्तो रहेको छ।

अल्ट्राको थोरै ठूलो बडीको साथ यस एक्सन क्यामराले ७० मिनेटको ब्याट्री लाइफ प्रदान गर्नेछ जुन ३एस को ३८ मिनेटको भन्दा लगभग ८० प्रतिशत लामो ब्याट्री लाइफ भएको उल्लेख गरिएको छ। एक्शन पोडले त्यो समय २०० मिनेटसम्म विस्तार गर्दछ। यस बाहेक अल्ट्राले रिप्लेसेबल स्टोरेज पनि प्रदान गर्दछ जुन २टीबी सम्म विस्तार गर्न सकिनेछ।

धेरैजसो इन्स्टा३६० क्यामराहरू जस्तै, डिजाइनको ठूलो भाग एडभन्चर (साहसिक कार्य गर्न रुचाउनेहरू) को लागि एक्सन रेकर्डिङमा केन्द्रित रहेको जनाइएको छ। गो अल्ट्राको आईपीएक्स८ सर्टिफिकेसनको साथ १० मिटरको गहिराइसम्मको लागि वाटरप्रूफ रहेको बताइएको छ। म्यागनेटिक माउन्टिङ प्रणालीले फोरके रिजोल्युसनमा साहसिक कार्यहरू खिच्ने गो अल्ट्रालाई क्लोथिङ वा गियरमा जोड्न सजिलो बनाउने उल्लेख गरिएको छ।

इन्स्टा३६० गो अल्ट्रा क्यामरा ४५० अमेरिकी डलरको मूल्यमा विश्वव्यापी रूपमा उपलब्ध भएको टेलीग्राफले रिपोर्ट गरेको छ।

Sajilo Visa

प्रकाशित: ९ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार