राष्ट्रिय वाणिज्य बैँकले ६ दशमलव १० प्रतिशत ब्याजदरमा विद्युतीय सवारी साधन कर्जा दिने

Technology Khabar ८ भाद्र २०८२, आईतवार

राष्ट्रिय वाणिज्य बैँकले ६ दशमलव १० प्रतिशत ब्याजदरमा विद्युतीय सवारी साधन कर्जा दिने

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैँकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ। बैँकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा घर कर्जा २० वर्ष अवधिका लागि ६ दशमलव ३० प्रतिशतमा ५ करोड सम्म प्रदान गर्न सकिने उल्लेख छ।

यसैगरी विद्युतिय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुका लागि ७ वर्ष अवधिको ६ दशमलव १० प्रतिशत व्याजदरमा १ करोडसम्मको कर्जा उपलब्ध गराउने बैँकले जनाएको छ।

बैँकले इन्धन प्रयोग हुने सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि ६ दशमलव ८० प्रतिशत व्याजदरमा ७ वर्षसम्मका लागि १ करोडसम्म कर्जा प्रवाह गर्न सकिने विज्ञप्तिमा उल्लेख गरेको छ।

चाडपर्वको समयमा सवारी साधन तथा घर खरिद गर्नेहरुको संख्या अधिक रहने भएका कारण सेवाग्राहीहरुलाई सहज होस भन्ने उद्धेश्यका साथ चाडपर्व विशेष कर्जा अफर ल्याएको सूचना अधिकारी रेग्मीले बताए।

Sajilo Visa

प्रकाशित: ८ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार