तिजको उपलक्ष्यमा नेपाल टेलिकमले ल्यायो स्पेशल अफर

Technology Khabar ८ भाद्र २०८२, आईतवार

तिजको उपलक्ष्यमा नेपाल टेलिकमले ल्यायो स्पेशल अफर

काठमाडौं ।

तिजको अवसरमा नेपाल टेलिकमले स्पेशल अफर प्रस्तुत गरेको छ। नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि कम मूल्यमा आकर्षक डाटा प्याक र फेस्टिभ कम्बो प्याक प्रदान गर्ने भएको छ।

नेपाल टेलिकमको यस अफरको अवधि २०८२ भाद्र ८ (आइतबार) देखि १३ गते (बिहीबार) सम्म लागू हुने नेपाल टेलिकमले आफ्नो आधिकारिक एक्स पोस्ट मार्फत घोषणा गरेको छ।

त्यसैगरी थप जानकारीका लागि *1415*11# डायल गर्नु वा नेपाल टेलिकमको NT App प्रयोग गर्न कम्पनीले आग्रह गरेको छ।

 

Sajilo Visa

प्रकाशित: ८ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार