एआई कोडिङ सहायक प्रयोग नगर्ने इञ्जिनियरहरुलाई यस कारण निकालेको क्वाइनबेसका सीईओको भनाई

Technology Khabar ८ भाद्र २०८२, आईतवार

काठमाडौं ।

आजभोलि प्रोग्रामिङ गर्ने प्रायः सबैजसो व्यक्तिहरू कुनै न कुनै रूपमा एआई कोडिङ सहायक प्रयोग गरिरहेका छन्।

साधारण र दोहोरिने कामका लागि त अझै बढी। तर क्वाइनबेसले गिटहब कोपाइलट र कर्सरका लागि कम्पनी-स्तरको लाइसेन्स खरिद गर्दा पनि उपकरण प्रयोग गर्न अस्वीकार गर्ने कर्मचारीलाई तत्कालै निकालिएको कम्पनीका सीईओ ब्रायन आर्मस्ट्रङले यो हप्ताको “चीकि पिन्ट” पोडकास्टमा बताएका छन्। उक्त पोडकास्ट स्ट्राइपका सह-संस्थापक तथा अध्यक्ष जोन कोलिसनले सञ्चालन गर्ने कार्यक्रम हो।

सबै इन्जिनियरलाई ढाक्ने लाइसेन्स खरिद भएपछि केही कर्मचारीहरूले आर्मस्ट्रङलाई अपनत्व ढिलो हुने चेतावनी दिएका थिए। आधा इन्जिनियरले मात्र प्रयोग गर्न सुरु गर्न महिनौँ लाग्ने उनीहरूको अनुमान थियो।

तर आर्मस्ट्रङ यसबाट अचम्मित भए। उनले कम्पनीको मुख्य इन्जिनियरिङ स्ल्याक च्यानलमै एउटा निर्देशन पोस्ट गरे। “एआई महत्वपूर्ण छ। तपाईंहरूले यो सिक्नुपर्छ र कम्तीमा अनबोर्ड गर्नुपर्छ। दैनिक प्रयोग नगरे पनि हुन्छ, तर हप्ताको अन्त्यसम्ममा अनबोर्ड गर्नु जरुरी छ। नगरे शनिबार बैठक राखेर भेट्छु,” उनले लेखे।

शनिबारको बैठकमा केही कर्मचारीहरू छुट्टी वा यात्रा कारणले खाता नबनाएको बताएका थिए। तर केहीले उचित कारण नदिएका थिए। “जुनसुकै कारणले पनि खाता नबनाउनेलाई माफ गरिएन। उनीहरूलाई निकालियो,” आर्मस्ट्रङले भने। उनले यो तरिका “कडा” भएको स्वीकार गरे। कम्पनीभित्र कतिपयलाई यो मन परेन। तर सन्देश भने प्रष्ट थियो—एआई अब विकल्प होइन।

कति कर्मचारी निकालिएका हुन् भन्ने खुलाइएको छैन। तर आर्मस्ट्रङका अनुसार यस कदमले कम्पनीभर एआई अनिवार्य भएको सन्देश गयो। त्यसपछि क्वाइनबेसले एआई तालिमलाई अझ मजबुत बनाएको छ। मासिक बैठकमा विभिन्न टोलीहरूले एआई प्रयोगका सिर्जनशील तरिका साझा गर्ने गरेका छन्।

पोडकास्टका क्रममा कोलिसनले भने, “एआईले कोड लेख्न सहयोग गर्ने कुरा प्रष्ट छ। तर एआईले लेखेको आधारमा सारा कोड बेस चलाउने कुरा चाहिँ स्पष्ट छैन।”

आर्मस्ट्रङले यसको जवाफमा सहमति जनाए। यसअघि ओपनएआईको मुख्य कोड रिपोजिटरी “थोरै अव्यवस्थित” बनेको टेकक्रञ्चले रिपोर्ट गरेको थियो। त्यसलाई सुधार गर्न प्रबन्धनले छुट्टै इन्जिनियरिङ स्रोत लगानी गर्न थालेको एक पूर्व इन्जिनियरले बताएका थिए।

प्रकाशित: ८ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया