रियलमीले अगस्ट २७ मा १०,००० एमएएच भन्दा ठूलो ब्याट्री भएको फोन प्रस्तुत गर्ने

Technology Khabar ८ भाद्र २०८२, आईतवार

रियलमीले अगस्ट २७ मा १०,००० एमएएच भन्दा ठूलो ब्याट्री भएको फोन प्रस्तुत गर्ने

काठमाडौं ।

रियलमीले १०,००० एमएएच भन्दा ठूलो ब्याट्री भएको डिभाइस अनावरण गर्ने तयारीमा रहेको छ। यस अघि कम्पनीले गत मे महिनामा १०,००० एमएएच ब्याट्री भएको प्रोटोटाइप स्मार्टफोन देखाएको थियो।

एक्सको एक पोस्टमा, चिनियाँ निर्माताले १०,००० एमएएच भन्दा ठूलो ब्याट्री भएको फोनको बारेमा जानकारी प्रदान गराएको उल्लेख गरिएको छ। साथै रियलमीले अगस्ट २७ तारिखमा फोनको बारेमा थप विवरणहरू खुलासा गर्ने अपेक्षा गरिएको छ। यसले रियलमी जीटी ७ फोनमा पाइने १०,००० एमएएच समान सिलिकन–एनोड ब्याट्री प्रविधि प्रयोग गर्ने अपेक्षा गरिएको छ।

कम्पनीले रियलमीका उपाध्यक्ष चेस जूले सीमाहरू पुनः परिभाषित गर्ने बारेमा कुरा गरेको टिजर भिडियो पनि पोस्ट गरेको छ। यद्यपि, भिडियोले आगामी फोनको बारेमा कुनै विवरण खुलासा नगरेको रिपोर्ट गरिएको छ।

गत मे महिनामा देखाइएको अवधारणा फोनले १०,००० एमएएच ब्याट्री प्याक गरे पनि उक्त फोनको थिकनेस केवल ८.५ एमएम बाक्लो भएको र तौल २१५ ग्राम रहेको उल्लेख गरिएको छ।

रियलमीले अगस्ट २७ तारिखमा आयोजना हुने आगामी ८२८ फ्यान फेस्टिभलमा नयाँ फोन प्रदर्शन गर्नेछ। गत वर्षको कार्यक्रममा, कम्पनीले आफ्नो ३२० वाट फास्ट चार्जिङ प्रविधिको अनावरण गरेको थियो। यस ३२० वाट फास्ट चार्जिङ प्रविधिले ५ मिनेट भन्दा कम समयमा ४,४०० एमएएच ब्याट्रीलाई पूर्ण रूपमा चार्ज गर्ने दाबी गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

Sajilo Visa

प्रकाशित: ८ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार