विशेषताले भरिएको रेडमी नोट १५ सार्वजनिक

Technology Khabar ८ भाद्र २०८२, आईतवार

काठमाडौं ।

रेडमी नोट १५ चीनमा रेडमी नोट १५ प्रो र नोट १५ प्रो+ सँगसँगै घोषणा गरिएको छ। यस नयाँ रेडमी नोट १५ मा नोट १४ फाइभजीको भन्दा ठूलो ब्याट्री, उज्यालो डिस्प्ले र धेरै अन्य सुधारहरू समावेश गरिएका छन्।

रेडमीको पछिल्लो बजेट नोट १५ मा ६.७७–इन्चको ओएलईडी डिस्प्ले रहेको छ जसले १२० हर्ज रिफ्रेस रेट, ३,२०० निट्स पीक ब्राइटनेस र फुल एचडी+ रिजोल्युसन प्रदान गर्दछ। फोनमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर पनि रहेको छ।

रेडमी नोट १५ मा स्न्यापड्रागन ६ जेन ३ एसओसीले सुसज्जित गरिएको छ भने यो डिभाइस ६जीबी/१२८जीबी, ८जीबी/१२८जीबी, ८जीबी/२५६जीबी र १२जीबी/२५६जीबी भेरियन्टहरूमा उपलब्ध हुने जनाइएको छ। साथै डिभाइसमा यूएफएस २.२ भण्डारण र एलपीडीडीआर४एक्स र्याम समावेश गरिएको छ। नोट १५ ले एन्ड्रोइड–१५ मा आधारित हाइपरओएस २ रन गर्ने उल्लेख गरिउको छ।

रेडमी नोट १५ को पछाडि, एफ/१.८ एपर्चर भएको ५० मेगापिक्सेलको लाइट फ्युजन ४०० सेन्सर र २ मेगापिक्सेलको डेप्थ क्यामरा भएको डुअल क्यामरा सेटअप रहेको छ। सेल्फी र भिडियो कलका लागि डिभाइसमा ८ मेगापिक्सेलको क्यामरा रहेको छ।

रेडमी नोट १५ मा ४५ वाट फास्ट चार्जिङ र १८ वाट वायर्ड रिभर्स चार्जिङलाई समर्थन गर्ने ५,८०० एमएएच ब्याट्री छ। यस स्मार्टफोनले आईपी६६ रेटिङ, डल्बी एटमस सहितको स्टेरियो स्पिकर, इन्फ्रारेड सेन्सर, फाइभजी, वाई–फाई ६, ब्लुटुथ ५.१ र एनएफसी पनि समावेश गरेको बताइएको छ।

रेडमी नोट १५ मिडनाइट ब्ल्याक, स्काई ब्लू र स्टार ह्वाइट रङ विकल्पहरूमा उपलब्ध हुनेछ। रेडमी नोट १५ फाइभजी हाल आधिकारिक शाओमी चीन अनलाइन स्टोरमा खरिदको लागि उपलब्ध छ।

रेडमी नोट १५ को ६जीबी/१२८जीबी भेरियन्टको मूल्य ९९९ चिनियाँ युआन (१४० अमेरिकी डलर) कायम गरिएको छ भने ८जीबी/१२८जीबी मोडेलको मूल्य १,०९९ चिनियाँ युआन (१५५ अमेरिकी डलर) पर्नेछ। त्यसैगरी ८जीबी/२५६जीबी स्टोरेज भएको रेडमी नोट १५ को मूल्य १,२९९ चिनियाँ युआन(१८० अमेरिकी डलर) र हाई–इण्ड १२जीबी/२५६जीबी मोडेलको मूल्य १,४९९ चिनियाँ युआन (२१० अमेरिकी डलर) पर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ८ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया