भिभो भिजन एक्सप्लोरर एडिशन मिक्स्ड रियालिटी हेडसेट आधिकारिक रूपमा डेब्यू

Technology Khabar ८ भाद्र २०८२, आईतवार

भिभो भिजन एक्सप्लोरर एडिशन मिक्स्ड रियालिटी हेडसेट आधिकारिक रूपमा डेब्यू

काठमाडौं ।

भिभोको भिजन एक्सप्लोरर एडिशन मिक्स्ड रियालिटी हेडसेटले चीनमा आधिकारिक रूपमा डेब्यू गरेको छ। कम्पनीको पहिलो एमआर हेडसेट अहिलेको लागि चीनमा मात्र विशेष रुपमा उपलब्ध हुने सम्भावना रहेको बताइएको छ। साथै मूल्य निर्धारण र उपलब्धता विवरणहरूको बारेमा पनि खुलासा गरिएको छैन।

भिभो भिजन एक्सप्लोरर एडिशन हेडसेटमा कम्प्याक्ट र लाइट डिजाइन रहेको छ। ३९८ ग्राम तौल भएको यस एमआर हेडसेटको उचाइ ८३ एमएम र थिकनेस ४० एमएम बाक्लो रहेको छ। यसमा ट्र्याकिङका लागि क्यामरा र सेन्सरहरूको साथ मिरर फिनिश फ्रन्ट भाइजर पनि रहेको छ।

प्रयोगकर्ताहरूले फोम प्याडिङ सुविधा भएका चार लाइट–ब्लकिङ शिल्डहरू बीच स्विच गर्न सक्नेछन्। हेडसेट दुई फरक स्ट्र्यापहरूसँग उपलब्ध हुनेछ जस मध्ये एउटा आरामको लागि डिजाइन गरिएको र अर्को थप स्थिरताको लागि उपयुक्त हुने उल्लेख गरिएको छ। भिभोको नयाँ एमआर हेडसेटले प्रतिस्पर्धी मानिएको एप्पल भिजन प्रोसँग केही समानता साझा गर्ने थप उल्लेख गरिएको छ।

यस एमआर हेडसेटमा डुअल ८के माइक्रो–ओएलईडी बाइनोकुलर डिस्प्लेहरू रहेका छन् र प्रत्येकले ३८४० × ३५५२ पिक्सेल रिजोल्युसन प्रदान गर्नेछ। डिस्प्लेहरूले डीसीआई–पी३ रङ गामटको ९४ प्रतिशत कभर गर्ने भनिएको छ। साथै हेडसेटले म्यागनेटिक लेन्सको साथ डायप्टर समर्थन पनि प्रदान गर्दछ।

डिस्प्लेहरूले स्पेसियल अडियोको लागि समर्थनको साथ १८० डिग्री भ्यू प्रदान गर्ने दाबी गरिएको छ। यसले १२०–इन्च स्क्रिन प्रदान गर्दछ र सजिलो नेभिगेसनको लागि आई (आँखा) ट्र्याकिङको साथ हातको इशाराहरूलाई समर्थन गर्दछ।

स्न्यापड्रागन एक्सआर२+ जेन २ एसओसीद्वारा सञ्चालित भिभो भिजन एक्सप्लोरर एडिशनले ओरिजिनओएस भिजन रन गर्ने उल्लेख गरिएको छ। यो भिभोद्वारा ब्लू ओशन पावर व्यवस्थापन प्रणालीको साथ पनि आएको बताइएको छ जसले ब्याट्री जीवन विस्तार गर्ने भनिएको छ।

यसले १३एमएस ल्याटेन्सी (विलम्बता), स्पेसियल भिडियो प्लेब्याक र एमआर/पीसीभीआर गेमिङ टाइटल्स (शीर्षकहरू) को साथ फूल–कलर पासथ्रु समर्थन गर्दछ। भिभोले मूल्य निर्धारण वा उपलब्धता विवरणहरू नदिएको र इच्छुक प्रयोगकर्ताहरूले अगस्ट २२ देखि चीनका १२ भिभो एक्सपिरियन्स जोनहरूमा हेडसेट प्ररिक्षण गर्न सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

Sajilo Visa

प्रकाशित: ८ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार