ह्वाट्सएपले मिस्ड कलहरूको लागि भ्वाइसमेल जस्तो सुविधामा काम गरिरहेको खुलासा

  • Technology Khabar | ७ भाद्र २०८२, शनिबार
ह्वाट्सएपले मिस्ड कलहरूको लागि भ्वाइसमेल जस्तो सुविधामा काम गरिरहेको खुलासा

काठमाडौं ।

मेटा–स्वामित्वको कम्पनीले मिस्ड कलहरूको लागि भ्वाइसमेल जस्तो सुविधामा काम गरिरहेको जानकारी बाहिरिएको छ। यो जानकारी डब्ल्यूएबिटाइन्फोबाट आएको र यसले एन्ड्रोइडको लागि ह्वाट्सएपको बीटा संस्करण २.२५.२३.२१ मा यो भ्वाइसमेल जस्तो सुविधाको विकासको खुलासा गरेको छ।

गत महिना, ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई छुटेका कलहरूको लागि रिमाइन्डरहरू सेट गर्न दिने सुविधा विकास गरिरहेको बारेमा सुन्नमा आएको थियो।

प्रयोगकर्ताले ह्वाट्सएपमा कसैलाई भ्वाइस कल गर्दा अनुत्तरित भयो भने वा कल नउठेको खण्डमा ह्वाट्सएपले “कल अगेन” र “क्यान्सल” बटनहरूसँगै स्क्रिनमा “रेकर्ड भ्वाइस म्यासेज” सर्टकट प्रदर्शन गर्नेछ। “रेकर्ड भ्वाइस म्यासेज” विकल्प कल नउठाउने व्यक्तिको च्याटमा पनि प्रदर्शित हुनेछ।

यी दुई सर्टकटहरूले प्रयोगकर्तालाई आफ्नो कलको जवाफ दिन नसक्ने व्यक्तिलाई द्रुत रूपमा अडियो सन्देशहरू पठाउन अनुमति दिनेछ। साथै च्याटमा पेपरक्लिप आइकनमा ट्याप गरेर छुट्टै भ्वाइस नोट रेकर्ड गर्ने विकल्प भए पनि यी नयाँ सर्टकटहरू प्रयोग गरेर भ्वाइस सन्देशहरू पठाउनाले सम्पूर्ण प्रक्रियालाई अलि बढी सुविधाजनक बनाउने जनाइएको छ।

यो सुविधा हाल एन्ड्रोइडमा केही बिटा परीक्षकहरूको लागि उपलब्ध रहेको डब्ल्यूएबिटाइन्फोले दाबी गरेको छ। यो सुविधा कहिले सार्वजनिक रूपमा रिलीज हुन्छ भन्ने बरेमा भने स्पष्टता नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ७ भाद्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...