काठमाडौं ।
रेडमी नोट १५ सिरिज चीनमा आधिकारिक रुपमा अनावरण गरिएको छ। रेडमी नोट १५ सिरिजको दुई नयाँ प्रो मोडेलहरू डिस्प्ले, चिपसेट र ब्याट्री क्षमता सहित प्रमुख क्षेत्रहरूमा आफ्ना पूर्ववर्तीहरू भन्दा धेरै सुधारहरू सहित आएका छन्।
नोट १५ प्रो र नोट १५ प्रो+ ले १,२८० × २,७७२ पिक्सेल जोल्युसन, १२० हर्ज रिफ्रेस रेट र ३,२०० निट्स पीक लोकल ब्राइटनेसको साथ समान ६.८३–इन्चको एएमओएलईडी डिस्प्ले समावेश गर्दछ। प्यानलले १२–बिट कलर डेफ्थ प्रदान गर्दै थप सुरक्षाको लागि शाओमीको ड्र्यागन क्रिस्टल ग्लासका साथ आउने छ।
नोट १५ प्रो+ क्वालकमको नवीनतम स्न्यापड्रागन ७एस जेन ४ चिपको साथ लन्च हुने पहिलो फोन हो र यसले गत वर्षको मोडेलमा रहेको ७एस जेन ३ लाई प्रतिस्थापन गरेको छ।
नयाँ चिपले ७ प्रतिशत सीपीयू र जीपीयू सुधारहरू प्रदान गर्ने र ५२०० एमएम२ भेपर चेम्बरसँग जोडिएको बताइएको छ। त्यसैगरी नोट १५ प्रो+ स्याटेलाइट मेसेजिङ संस्करण पनि उपलब्ध रहेको बताइएको छ जुन रेडमी फोनको लागि पहिलो भएको छ।
नोट १५ प्रोमा मिडियाटेकको डाइमेन्सिटी ७४०० अल्ट्रा एसओसी समावेश गरिएको छ जुन नोट १४ प्रोमा पाइने डाइमेन्सिटी ७३०० को ओभरक्लोक्ड संस्करण हो।
दुबै नोट १५ प्रो मोडेलहरूमा ७,००० एमएएच ब्याट्रीहरू समावेश गरिएका छन्। तिनीहरूका पूर्ववर्तीहरूमा भने ५,५०० एमएएच र ६,२०० एमएएच ब्याट्रीहरू समावेश गरिएका थिए। नोट १५ प्रो+ मा ९०वाट वायर्ड चार्जिङ समर्थन गर्ने र १५ प्रोको चार्जिङ गति ४५वाट रहेको उल्लेख गरिएको छ। नोट १५ प्रोलाई पावरबैंकको रूपमा पनि प्रयोग गर्न सकिने र तिनीहरूले २२.५वाट रिभर्स वायर्ड चार्जिङ समर्थन गर्नेछ।
दुबै फोनहरूमा आफ्ना पूर्ववर्तीहरूको क्यामरा सेटअपहरू पुनः प्रयोग गरिएका छन्। नोट १५ प्रो+ ले ५० मेगापिक्सेलको मुख्य मोड्युल (ओभी लाइट हन्टर ८००) सँगसँगै ५० मेगापिक्सेलको पोट्र्रेट लेन्स (६०एमएम) २.५× अप्टिकल जुम र ८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स ल्याएको छ। नोट १५ प्रोले ५० मेगापिक्सेलको (एलआईटी–६००) मुख्य शूटर र ८ मेगापिक्सेलको अल्ट्रावाइड प्रदान गर्दछ।
नोट १५ प्रो र प्रो+ मा आईपी६८ र आईपी६९के डस्ट एण्ड वाटर प्रोटेक्सन पनि रहेको छ भने एन्ड्रोइड १५ मा आधारित शाओमी हाइपरओएस २ बुट गर्दछ।
नोट १५ प्रो मिडनाइट ब्ल्याक, सिडर ह्वाइट, स्काई ब्लू र क्लाउड पर्पल रङ्गहरूमा उपलब्ध हुनेछ। यसको ८/२५६ जीबी ट्रिममा को मूल्य १,४९९ चिनियाँ युआन (२०८ अमेरिकी डलर) बाट सुरु हुन्छ र १२/५१२ जीबी ट्रिमको मूल्य १,८९९ चिनियाँ युआन (२६४ अमेरिकी डलर) मा कायम गरिएको छ।
नोट १५ प्रो+ मिडनाइट ब्ल्याक, सिडार ह्वाइट, स्काई ब्लू र स्मोकी पर्पल रङ्गहरूमा आउने छ। यसको १२/२५६जीबी ट्रिमको लागि १,९९९ चिनियाँ युआन (२७८ अमेरिकी डलर) बाट मूल्य सुरु हुन्छ भने १६/५१२जीबी संस्करणको लागि २,३९९ चिनियाँ युआन (३३४ अमेरिकी डलर) मूल्य पर्ने छ। त्यसैगरी स्याटेलाइट संस्करण (१६/५१२जीबी) को मूल्य २,४९९ चिनियाँ युआन (३४८ अमेरिकी डलर) रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ७ भाद्र २०८२, शनिबार