फोर्थिङ फ्राइडेद्वारा ५ वर्षे योजना ‘फ्राइडे टु फ्राइडे, २०२५ – २०३०’ सार्वजनिक

Technology Khabar ६ भाद्र २०८२, शुक्रबार

फोर्थिङ फ्राइडेद्वारा ५ वर्षे योजना ‘फ्राइडे टु फ्राइडे, २०२५ – २०३०’ सार्वजनिक

काठमाडौं ।

नेपालको नयाँ प्रिमियम इलेक्ट्रिक भेहिकल (ईभी) फोर्थिङ फ्राइडेले “फ्राइडे टु फ्राइडे, २०२५-२०३०” नामक पाँच वर्षे विशेष योजना सार्वजनिक गरेको छ। यस योजनाले ग्राहक सन्तुष्टि, दीर्घकालीन मूल्य र दिगो गतिशीलताप्रति ब्रान्डको प्रतिबद्धतालाई उजागर गर्दछ।

नेपालमा फोर्थिङ फ्राइडे ईभी लाई लक्ष्मी ई-मोबिलिटी प्रा. लि., प्रतिष्ठित लक्ष्मी समूहअन्तर्गतको आधिकारिक वितरकले बजारमा ल्याएको हो।

फ्राइडे टु फ्राइडे स्किमअन्तर्गत ग्राहकहरूले पाउने सुविधा:

• ५ वर्षसम्म निःशुल्क अटो प्लस इन्स्योरेन्स – थप वित्तीय सुरक्षाको लागि।
• ६ वर्षसम्म निःशुल्क सर्भिस सुविधा–निश्चिन्त सवारी मर्मतका लागि।
• हरेक खरिदमा ७ किलोवाट चार्जर–घरमै सजिलो चार्जिङ समाधानका लागि।

लक्ष्मी ई-मोबिलिटी प्रा. लि. का अनुसार: “फ्राइडे टु फ्राइडे अफर हाम्रो ग्राहकहरूको लागि ईभी स्वामित्वलाई अझ फाइदाजनक बनाउन तयार गरिएको हो। हामी विश्वास गर्छौं, यस कदमले ग्राहकहरूको विश्वास बढाउनेछ र नेपालमा दिगो गतिशीलताको व्यापक स्वीकृति प्रोत्साहन गर्नेछ।”

यस अफरसँगै, फोर्थिङ फ्राइडेले आफूलाई नवप्रवर्तन, सुरक्षा, र ग्राहक–केन्द्रित अनुभवमा समर्पित प्रिमियम ईभी ब्रान्डको रूपमा स्थापित गरेको छ।

लक्ष्मी ई-मोबिलिटी प्रा. लि. बारेमा लक्ष्मी ई-मोबिलिटी प्रा. लि., लक्ष्मी समूहअन्तर्गतको एक कम्पनी हो, जसले नेपालमा फोर्थिङ फ्राइडे ईभीको आधिकारिक वितरण गर्छ। कम्पनीले नेपाली बजारका लागि नवप्रवर्तनात्मक, वातावरणमैत्री, र भविष्य–उन्मुख गतिशीलता समाधान ल्याउने प्रतिबद्धता बोकेको छ।

Sajilo Visa

प्रकाशित: ६ भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार