‘अरेन्ज बेल्जियम’का साढे आठ लाख ग्राहकको तथ्याङ्क ह्याकरद्वारा चोरी

Technology Khabar ६ भाद्र २०८२, शुक्रबार

‘अरेन्ज बेल्जियम’का साढे आठ लाख ग्राहकको तथ्याङ्क ह्याकरद्वारा चोरी

काठमाडौं ।

बेल्जियमको दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘ओरेन्ज बेल्जियम’ को आठ लाख ५० हजार ग्राहकको तथ्याङ्क ह्याकरले चोरी गरेको कम्पनीले बुधबार जानकारी गराएको छ।

जुलाईको अन्त्यमा भएको साइबर आक्रमणमा आफ्ना ग्राहकहरूको पासवर्ड, इमेल ठेगाना, बैंक र वित्तीय विवरणहरूजस्ता कुनै पनि महत्वपूर्ण तथ्याङ्क प्रभावित नभएको जनाइएको छ।

अरेन्ज बेल्जियमले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “साइबर आक्रमणबाट ह्याकरले एक आईटी प्रणालीमा पहुँच प्राप्त गरेको र ग्राहकका नाम, थर, टेलिफोन नम्बर, सिम कार्ड नम्बर, पियुके कोड, शुल्क योजना लिएको छ।”

“घटना पत्ता लाग्नेबित्तिकै हाम्रो टोलीले प्रभावित प्रणालीमा पहुँचलाई अवरुद्ध ग¥यो र हाम्रो सुरक्षा उपायलाई थप कडा बनाएको छ।” फ्रान्सेली दूरसञ्चार कम्पनी ओरेन्जको बेल्जियन व्यवसाय फर्मले सक्षम अधिकारीहरूलाई सचेत गराएको र प्रभावित ग्राहकहरूलाई इमेल र टेक्स्ट सन्देशमार्फत सूचित गरिने बताएको छ, ‘हामी उनीहरूलाई कुनै पनि शङ्कास्पद सञ्चारका लागि सतर्क रहन सल्लाह दिन्छौं।‘-रासस/एएफपी

Sajilo Visa

प्रकाशित: ६ भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार