अमेरिकी बजारको लागि एप्पलको सम्पूर्ण आईफोन १७ परिवार भारतमा उत्पादन गरिने

Technology Khabar ५ भाद्र २०८२, बिहीबार

काठमाडौं ।

एप्पलको आईफोन १७ परिवार पनि अब सुरुदेखि नै भारतमा बनाइने एक नयाँ रिपोर्टले खुलासा गरेको छ। वास्तवमा, डिभाइसहरुको सेप्टेम्बरको सुरुवातमा हुने भनिएको अनावरणको हल्ला अघि नै उत्पादन सुरु भइसकेको उल्लेख गरिएको छ।

एप्पलले चीनमा आफ्नो उत्पादन निर्भरता कम गर्नको लागि केही समयदेखि लगनशीलताका साथ काम गरिरहेको छ। साथै कम्पनीको यो कदमले अन्ततः ठूलो परिणाम दिने जस्तो देखिएको रिपोर्ट गरिएको छ।

चिनियाँ उत्पादनहरूमा अमेरिकी सरकारले लगाएको नयाँ शुल्कबाट बच्न सकियोस् भनेर कम्पनीले अमेरिकामा बिक्री गरिने डिभाइसहरू भारतबाट प्राप्त गर्ने भएको छ। यसको लागि एप्पलले भारतमा पाँच कारखानाहरूमा आईफोन उत्पादन विस्तार गरेको छ। साथै यसमा टाटा समूह र फक्सकनले हालै खोलेका एक जोडी कारखाना पनि समावेश रहेको बताइएको छ। त्यसैगरी भारतको आईफोन उत्पादनमा टाटा समूहको हिस्सा लगभग ५० प्रतिशत हुनेछ भन्ने चाखलाग्दो कुराको पनि खुलासा गरिएको छ।

नयाँ आईफोनका सबै मोडेलहरू सुरुवातदेखि नै भारतबाट अमेरिका पठाइन लागिएको यो पहिलो पटक हो। यसअघि, अप्रिलदेखि जुलाईसम्मको अवधिमा भारतबाट आईफोन निर्यातको मूल्य ७.५ बिलियन अमेरिकी डलर पुगेको थियो भनि रिपोर्ट गरिएको छ। सन् २०२६ को सुरुवातमा, अमेरिकी बजारको लागि आईफोन १७ई पनि भारतमा बनाइने भएको छ। एप्पलले पहिलो पटक सन् २०१७ मा भारतमा आईफोन एसई एसेम्बल गरेको थियो भने सन् २०२१ मा भारतमा पहिलो पटक उत्पादन विस्तार गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ५ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया