Technology Khabar ४ भाद्र २०८२, बुधबार
काठमाडौं ।
एक रेडिट प्रयोगकर्ताले पिक्सेल ९ प्रो एक्सएलको छेउमा अघोषित गुगल पिक्सेल १० प्रो एक्सएलको एन्टुटु स्कोर देखाइएको फोटो अपलोड गरेका छन्। अर्को पुस्ताको फोनले समग्रमा राम्रो स्कोर व्यवस्थापन गरेको तर विशेष गरी जीपीयू विभागमा भने केही अनौठा मिसहरू भेटिएको उल्लेख गरिएको छ।
त्यसैगरी, उक्त रेडिट प्रयोगकर्ताले उही दुई डिभाइसहरूमा गीकबेन्च ६ रन गरेको (चलाएको) देखिएको र यसको परिणामहरू पनि साझा गरिएको छ।
पिक्सेल १० प्रो एक्सएलले आफ्नो पूर्ववर्तीको क्रमशः १,८८९ र ४,२४७ को तुलनामा २,२९६ को सिङ्गल–कोर स्कोर र ६,२०३ को मल्टि–कोर स्कोर प्राप्त गरेको रिपोर्ट गरिएको छ।
यसकारण यो एक ठूलो सुधार भएको र विशेष गरी मल्टि–कोर स्कोरमा यो ४६ प्रतिशतको उत्थान भएको उल्लेख गरिएको छ। सिङ्गल–कोर स्कोरमा भने केवल २१ प्रतिशत राम्रो सुधार भएको जनाइएको छ।
यो बेन्चमार्क रनले टेन्सर जी५ सीपीयूको कन्फिगरेसन पनि खुलासा गरेको छ। यसमा एउटा कोर ३.७८ गिगाहर्ज, पाँच कोर ३.०५ गिगाहर्ज र दुई कोर २.२५ गिगाहर्ज रहेको छन्। बेन्चमार्कमा पिक्सेल १० प्रो एक्सएलमा १६जीबी र्याम रहेको र यसले एन्ड्रोइड १६ बुट गर्ने बताइएको छ जुन सम्पूर्ण पिक्सेल १० परिवारले लन्च गर्नुपर्ने संस्करण भएको उल्लेख गरिएको छ।
डिभाइसको लन्चको बारेमा कुरा गर्दा, आधिकारिक घोषणा अगस्ट २० मा क्यालिफोर्नियाको स्थानीय समय अनुसार बिहान १० बजे हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ४ भाद्र २०८२, बुधबार