नाडा २०२५ मा विशेष मूल्य ३७ लाख ९९ हजारबाट सुरु हुनेगरी नयाँ नामी भिगो सार्वजनिक

Technology Khabar ४ भाद्र २०८२, बुधबार

नाडा २०२५ मा विशेष मूल्य ३७ लाख ९९ हजारबाट सुरु हुनेगरी नयाँ नामी भिगो सार्वजनिक

काठमाडौं ।

नामीले नाडा अटो शो २०२५ मा  बहुप्रतीक्षित नामी भिगो औपचारिक रूपमा सार्वजनिक गरेको छ। नामी ०१ को सफलतापछि आएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रिमियम सुविधाहरू, अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनका साथ यस सेगमेन्टलाई पुन: परिभाषित गर्न तयार रहेको कम्पनीले जनाएको छ।

कम्पनीको दावी अनुसार नामी भिगो स्टाइल, व्यावहारिकता र विद्युतीय दक्षताको उत्तम समिश्रणका साथ आधुनिक शहरी जीवनशैलीको लागि उपयुक्त हुनेगरी डिजाइन गरिएको छ। यो ई२ र ई२ प्लस गरी दुई भेरियन्टमा उपलब्ध छ, जसमध्ये प्रत्येकलाई उत्कृष्ट भ्यालु प्रदान गर्नका लागि विशेष रूपमा तयार पारिएको छ।

‘नामी भिगो सेग्मेन्ट फर्स्ट फिचरहरूका साथमा आउँछ जसले आराम र सुविधा दुवैलाई नयाँ स्तरमा पुर्‍याएको छ। यसमा मौलिक “हेभन एण्ड अर्थ” टेलगेटका साथै तपाईंको प्राथमिकता अनुसार समायोजन हुने वेलकम र मेमोरी सिट समावेश छ। डुअर प्यानलमा म्युजिक सिंक गरिएको एम्बियन्ट लाइटिङ छ, जसले प्रत्येक यात्रालाई आधुनिक र रमाइलो बनाउँछ। चार्जिङको लागि यसले ३सी फास्ट चार्जिङ १६७ डीसी० सपोर्ट गर्छ, जसले ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न जम्मा १८ मिनेट मात्र लगाउँछ। हरेक यात्रालाई रमाइलो बनाउन र आउटडुअर फनका लागि यसमा एक्सटेरियर स्पिकरको सुविधा पनि उपलब्ध छ’, कम्पनीले जनाएको छ।

नामी ०६ ले प्रविधि र लक्जरीमा पनि उत्कृष्ट सेगमेन्ट फर्स्ट सुविधाहरू प्रस्तुत गर्छ। यसमा लेभल २ एडीएएस, वायरलेस चार्जिङ, वाईफाई कनेक्टिभिटी र ड्राइभर साइडमा हिटेड र भेन्टिलेटेड सिट छ। कारले तपाईंलाई वेलकम साउण्डले स्वागत गर्छ र आर१८ टायर, अटोमेटिक हाई/लो बीम हेडलाइट र हेडलाइट डिले–अफ फिचरहरूले सहज यात्रा सुनिश्चित गर्छ।

यसमा इन्टेलिजेन्ट एसी प्रणाली पनि छ, जसमा एनअभी, रेस्ट, स्नो जस्ता मोडहरू र कार तथा मोबाइल संचालनका लागि भ्वाइस कन्ट्रोल उपलब्ध छन्। अडाप्टिभ क्रुज कन्ट्रोल र ३५ भन्दा बढी इन्टेलिजेन्ट युटिलिटी स्पेसहरूसहित नामी भिगो स्मार्ट, सुरक्षित र आरामदायी यात्रा सुनिश्चित गर्न डिजाइन गरिएको हो।

नामी भिगोको डिजाइन आकर्षक छ, जसमा “म्याजिक क्युब” एक्सटेरियर, टी-आकारका एलईडी हेडलाइट, ट्राइएंगुलर पिक्सेल टेललाइट र डुअल–टोन १८ इन्च रिम्स छन्। इन्टेरियर पनि उत्कृष्ट छ, जसमा मिनिमलिस्ट र स्मार्ट क्याबिन, १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र ८.८ इन्च डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, लाई-फ्ल्याट सिटिङ, वायरलेस चार्जिंग, एउटा मुनरुफ ई२ प्लसर एउटा ३६० क्यामरा समावेश छन्।

नामी भिगो ई२ भेरियन्टको लन्च मूल्य रु ३८,९९,००० र ई२ प्लस भेरियन्टको लागि रु ४१,९९,००० रहेको छ। नाडा अटो शोका लागि विशेष अफरमा, नामीले विशेष लन्च मूल्य प्रदान गरिरहेको छ। शोको अवधिमा, नामी भिगो ई२ भेरियन्ट रु ३७,९९,००० मा र ई२ प्लस भेरियन्ट रु ४०,९९,००० मा उपलब्ध हुनेछ।

Sajilo Visa

प्रकाशित: ४ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार