इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न यातायात व्यवस्था विभागको आग्रह

Technology Khabar ४ भाद्र २०८२, बुधबार

इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न यातायात व्यवस्था विभागको आग्रह
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले असोज १ गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

विभागले हालै एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो।

सम्बन्धित समाचार

इम्बोस्ड नम्बर प्लेट जडानको कार्य प्रभावकारी कार्यान्वयन नभएको महालेखा परीक्षकको भनाई

सूचनामा भनिएको छ, ‘मिति २०८२।०४।२० मा माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकको निर्णयानुसार सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरुबाट २०८२ असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएकोले सबै सवारीधनीहरुले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयहरुमा गई High Security Embossed Number Plate जडान गर्नुहुन यसै सूचना मार्फत् जानकारी गराईन्छ।‘

सम्बन्धित समाचार

असोज १ गतेबाट इम्बोस्ड नम्बर अनिवार्य गरिँदै

Sajilo Visa

प्रकाशित: ४ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

आईफोन १७ डिभाइसहरूको मूल्यको खुलासा

  • Technology Khabar
  • १९ भाद्र २०८२, बिहीबार