नेपालमा सवारी एसेम्बल उद्योग र डाटा सेन्टरको सम्भावना छ: अध्यक्ष ढकाल

Technology Khabar ४ भाद्र २०८२, बुधबार

नेपालमा सवारी एसेम्बल उद्योग र डाटा सेन्टरको सम्भावना छ: अध्यक्ष ढकाल
फाइल तस्बिर

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्डर भइसकेका युरो-६ प्रदूषण मापदण्डभन्दा कमका सवारी एकपटकका लागि आयात गर्न दिन सरकारसँग आग्रह गरेका छन्।

नाडा नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो, २०२५ मा उनले सरकारले लागू गरेको युरो-६ मापदण्ड सकारात्मक भए पनि तत्कालीन कार्यान्वयनले केही समस्या निम्त्याउन सक्ने भन्दै एकपटक अनुमति दिन आग्रह गरे।

पछिल्लो समय विद्युतीय सवारीको आयात बढिरहेको उल्लेख गर्दै उनले नेपालमा सवारी एसेम्बल उद्योग, डाटा सेन्टरको सम्भावना भएको बताए। उनले भने, “पछिल्ला केही वर्षमा नेपालले चुनौतीपूर्ण आर्थिक अवस्था भोगे पनि हाल बजारमा सुधारका सङ्केत देखिएका छन्, दुई वर्ष अघिभन्दा सवारीसाधनको बिक्री करिब ४० प्रतिशतले वृद्धि भएको छ।”-रासस

Sajilo Visa

प्रकाशित: ४ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

आईफोन १७ डिभाइसहरूको मूल्यको खुलासा

  • Technology Khabar
  • १९ भाद्र २०८२, बिहीबार