Technology Khabar ४ भाद्र २०८२, बुधबार
काठमाडौं ।
अमेजनले बुधबार (अगस्ट २०) देखि एन्ड्रोइड अपरेटिङ सिस्टममा अमेजन एपस्टोर बन्द गर्ने भएको छ।
फेब्रुअरीमा घोषणा गरिएको यो कदमले एन्ड्रोइड डिभाइसहरूमा गुगल प्ले स्टोरको मेगा–कर्पोरेशनको प्रतिस्पर्धीलाई बन्द गर्नेछ।
कम्पनीले सन् २०२४ मा विन्डोज एप स्टोर बन्द गरेको उल्लेख गरिएको छ। फायर टिभी र फायर ट्याब्लेट डिभाइसहरूमा भने स्टोर खुला रहने टेलिग्राफले रिपोर्ट गरेको छ।
“हामीले हाम्रा डिभाइसहरूमा एपस्टोर एक्सपिरियन्समा हाम्रो प्रयास केन्द्रित गर्न एन्ड्रोइडमा अमेजन एपस्टोर बन्द गर्ने निर्णय गरेका छौं, किनकि त्यहाँ हाम्रा अधिकांश ग्राहकहरू हाल यसमा संलग्न छन्” भनी अमेजनले एन्ड्रोइड न्यूज एजेन्सीलाई दिएको एक विज्ञप्तिमा उल्लेख गरेको बताइएको छ।
त्यसैगरी अमेजन कोइन्स कार्यक्रम पनि अगस्ट २० मा बन्द हुने भएकाले केही मानिसहरूले रिफण्ड प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ।
एन्ड्रोइडमा अमेजन एपस्टोर बन्द हुने बारे तपाईंले जान्नुपर्ने कुराहरु यहाँ छन्ः
खातामा अमेजन कोइन्स बाँकी रहेका एप स्टोर ग्राहकहरूलाई रिफण्ड (रकम फिर्ता) गरिने शटडाउन एफएक्यू पेज (पृष्ठ) ले उल्लेख गरेको छ।
रिफण्ड (रकम फिर्ता) सम्बन्धी जानकारी “पछिको मितिमा साझा गरिनेछ” भनि एफएक्यू पेजले बताएको छ।
अमेजन एप स्टोरमा खरिद गरिएका एपहरू अगस्ट २० पछि पनि काम गरिरहने ग्यारेन्टी भने नभएको एफएक्यू पेजले उल्लेख गरेको छ।
अमेजन कोइन्सहरू निश्चित एपहरू र अमेजन एप स्टोरमा खरिद गर्नका लागि प्रयोग हुने गर्दथ्यो।
प्रकाशित: ४ भाद्र २०८२, बुधबार