Technology Khabar ४ भाद्र २०८२, बुधबार
काठमाडौं ।
एचटीसीले भाइभ ईगल स्मार्ट ग्लासेस प्रस्तुत गरेको छ। एचटीसीले भाइभ ईगल स्मार्ट ग्लासेसको साथ मेटा, गुगल, सामसङ र एप्पल जस्ता प्रतिद्वन्द्वीहरू विरुद्ध प्रविधि दौडमा प्रवेश गरेका छ।
केवल ४९ ग्राम तौल र लगभग ५२० अमेरिकी डलरको मूल्य भएको यो भाइभ ईगल स्मार्ट ग्लासेस सुरुमा ताइवानमा मात्र उपलब्ध हुनेछन्।
भाइभ ईगल स्मार्ट ग्लासेसमा जाइस लेन्स र रङ्गीन फ्रेमहरू समावेश गरिएका छन् जसले स्टाइललाई फङ्गसनेलिटीसँग जोडेको बताइएको छ।
भाइभ ईगल स्मार्ट ग्लासेसमा मुख्य नवीनताको रुपमा भाइभ एआई भ्वाइस एसिस्टेण्ट रहेको छ जुन प्रयोगकर्ताको गेज (नजर) मात्र पछ्याएरै १३ भाषाहरूमा टेक्स्ट अनुवाद गर्न सक्षम रहेको छ।
यसको अतिरिक्त, भाइभ ईगल स्मार्ट ग्लासेसले नोटहरू लिन र रेस्टुरेन्टहरू सिफारिस गर्न सक्ने जनाइएको छ।
पहिले नै ठूला नामहरूले बजारमा प्रभुत्व जमाएको हुनाले विश्वव्यापी विस्तार एचटीसीको लागि ठूलो चुनौती हुने बताइएको छ र भाइभ ईगलको सफलता कम्पनीको अर्को कदमहरूमा निर्भर गर्ने टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ४ भाद्र २०८२, बुधबार