Technology Khabar ४ भाद्र २०८२, बुधबार
काठमाडौं ।
नेपालको बजारमा टुनल्यान्ड जी७ को सफल लन्चपछि फोटोन टुनल्यान्डले यसपटक नाडा अटो शोमा आफ्ना उत्कृष्ट गाडीहरू प्रदर्शनीमा राखेको छ। यीमध्ये तीन प्रमुख मोडलहरू टुनल्यान्ड भी९, टुनल्यान्ड जी७ र ई-टुनल्यान्ड विशेष आकर्षण बन्नेछन्। यी सबै गाडीहरू उच्च पर्फर्मेन्स, दमदार एक्सटेरियर र भरपर्दो सुविधाका लागि परिचित रहेको कम्पनीको दावी छ।
कम्पनीका अनुसार हाइब्रिड पिकअप टुनल्यान्ड भी९ एउटा मजबुत र शक्तिशाली गाडी हो, जुन हरेक किसिमका सडक तथा ड्राइभिङ अवस्थाका लागि उपयुक्त छ। चाहे कामका लागि होस् वा मनोरञ्जनका लागि, साहसिक यात्रादेखि लामो दूरीको भ्रमणसम्म, यो सबैका लागि उपयुक्त छ। यसको शक्तिशाली इन्जिन र आकर्षक डिजाइनले नाडा अटो शोमा सबैको ध्यान खिच्ने पक्का छ।
टुनल्यान्ड जी७ नेपालमै ठूलो सफलता हासिल गरिसकेको एक स्टाइलिश पिकअप हो जुन अहिले नाडा अटो शोमा प्रदर्शित भइरहेको छ। सहज ड्राइभिङ मन पराउने चालकहरूको रोजाइमा पर्न सफल यो मोडलले आकर्षक लुक, आरामदायी इन्टेरियर र मजबुत ड्राइभिङ अनुभव दिन्छ। यसको प्रदर्शन र आरामको स्तरले जोकोहीलाई प्रभावित पार्छ।
त्यसपछि ई-टुनल्यान्ड रहेको छ जुन इलेक्ट्रिक पिकअप हो र यसले टुनल्यान्डको ग्रीन भविष्यतर्फको कदमलाई देखाउँछ। इन्धनरहित पिकअप ल्याएर टुनल्याण्डले वातावरणमैत्री विकल्प प्रदान गर्दैछ जसमा फोटोन टुनल्यान्डका गाडीहरूबाट सधैं अपेक्षा गरिने पावर र पर्फर्मेन्सका विशेषताहरू भने यथावत रहेको कम्पनीको दावी छ।
एमएडब्लू वृद्धि कमर्शियल नेपालमा फोटोनको आधिकारिक वितरक हो, जुन विश्वमा लोकप्रिय व्यावसायिक सवारी, प्यासेन्जर सवारी र न्यू इनर्जी सोलुसन्समा विशेषज्ञता राख्ने अटोमोबाइल ब्रान्ड हो। गुणस्तर, दिगोपन र इनोभेसनमा समर्पित एमएडब्लू वृद्धि कमर्शियलले प्रोफेसनल आफ्टर सेल्स सर्भिस र देशभर फैलिएको बलियो नेटवर्कमार्फत नेपालमा फोटोनका विश्वस्तरीय उत्पादनहरू प्रस्तुत गरेको छ।
व्यवसायिक गतिविधिलाई गतिशील बनाउन अग्रणी भूमिका खेलिरहेको यस कम्पनीले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्डहरू कायम गरिरहेको छ।
प्रकाशित: ४ भाद्र २०८२, बुधबार