यस्तो रह्यो नाडा अटो शो को पहिलो दिन, हेर्नुहोस् तस्बिरमा

Technology Khabar ३ भाद्र २०८२, मंगलवार

काठमाडौं ।

१७औं संस्करणको नाडा अटो शो २०२५ मंगलरबार (भदौ ३ गते) देखि राजधानीमा सुरु भएको छ।  विभिन्न कम्पनी र ब्राण्डका विद्युतीय सवारीसाधन (ईभी)हरु प्रदर्शनीमा राखिएको यो सवारी साधनको महाकुम्भ ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप परिसरमा चल्नेछ।

१७औं संस्करणको नाडा अटो शो २०२५ प्रधानमन्त्री के पी शर्मा ओलीले उद्घाटन गरेका छन्।

आयोजकका अनुसार अटो शो मा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, भिन्टेज मोटर शो लगायत समावेश रहेका छन्।

युनिट्री रोबोट्स् र दीपल ईभीटोल यूएभी जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु भएको नाडाका अध्यक्ष करण चौधरीले जनाएका छन्।

प्रदर्शनीमा नेपालमा पहिलो पटक एयर ट्याक्सी पनि प्रदर्शन गरिएको छ। गत शनिबार नै तातोपानी नाका हुँदै दीपल ईभीटोल यूएभी ल्याएको हो। उक्त एयर ट्याक्सी देखाउन मात्र मिल्ने तर उडाउने अनुमति नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

यसपालिको नाडाअटोशो २०२५ अटोप्रेमीहरूका लागि निकै रोमाञ्चक हुने भएको छ। फोटोन टुनल्यान्ड, माउन्टेन ईभीभ्यान, टीएम१ र सोकोन ईभी भ्यानहरूले ६ दिन सम्म चल्ने यस कार्यक्रमका लागि विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू घोषणा गरेका छन्। साथै कार्यक्रममा टाटा, बीवाईडी, सुजुकी, दीपल लगायत कम्पनीहरुले आफ्नो ईभी प्रदर्शनीमा राखेका छन्।

नाडा अटो शो २०२५ का आकर्षक तस्विरहरु


प्रकाशित: ३ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया